After SEE Portal

शिक्षा विभाग प्रमुखको अनुमति विवादित,अर्को निर्णय नभएसम्म बिदामा बस्न निर्देशन

Bridge Course

काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुखले गत भदौ २० गते बानेश्वरमा रहेको रत्नराज्य माविको कक्षा ११ र १२ मा विज्ञानअध्यापनका लागि दिएको अनुमति विवादित भएको छ । विभाग प्रमुख सिताराम कोइरालाले विद्यालयलाई नगर शिक्षा समितिबाट निर्णय नगराई दिएको अनुमति विवादित भएको हो ।

महानगर शिक्षा समितिबाट निर्णय गर्नुपर्ने विद्यालयको अध्ययन अनुमति सम्बन्धी निर्णय आफैँले गरेको भन्दै उनलाई आज महानगरले स्पस्टिकरण सोधेको छ ।

कोइरालालाई महानगरले आज लिखित स्पष्टीकरण सोधेको र आजैबाट अर्को निर्णय नभएसम्म बिदामा बस्न भनिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । ‘उहाँले नियोजित तरिकाले नभई विद्यालय सञ्चालनका लागि अनुमति पत्र दिनु भएको भन्नु भएको छ ।’ उनले भने, ‘पत्र लेख्ने क्रममा केही त्रुटि भएको हुन सक्छ तर यसलाई कारबाही नै गरेको हो भन्न मिल्दैन उहाँले दिइएको समयमा लिखित जवाफ दिनुहुने छ अनि मात्र निर्णय हुन्छ ।’

विभाग प्रमुखको अनुमतिपछि विद्यालयले सो विषयमा कक्षा सञ्चालन गरिसकेको छ । अहिले विद्यालयमा २०–२२ जना विद्यार्थी पढिरहेको शिक्षा विभागले जानकारी दियो ।

महानगरमा प्रमुख बालेन शाहले गर्ने निर्णय विभाग प्रमुखले गरेको भन्दै उजुरी परेपछि महानगरले आन्तरिक अनुसन्धान गरेको थियो । सो अनुसन्धानमा पछि अनुमोदन हुने गरी स्वीकृति दिएको लेख्नु पर्नेमा सिधै नगर शिक्षा समितिको निर्णयमा दिइएको पाइएको महानगरको दाबी छ ।

यो विषयमा शिक्षा विभाग प्रमुख कोइरालासंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

A Levels MA