After SEE Portal

सहकर्मी रिहाइको माग गर्दै शिक्षकद्वारा पेनडाउन

Bridge Course

दार्चुलाको महाकाली नगरपालिका–४ खलंगास्थित महेन्द्र नमुना मावि खलंगामा कार्यरत शिक्षकहरुले आफ्ना सहकर्मी शिक्षकको रिहाइको माग गर्दै पेनडाउन गरेका छन् ।

सोही विद्यालयमा कार्यरत शिक्षक दिनेश मल्ललाई विद्यार्थीलाई अंगभंग हुनेगरी कुटेको उजुरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएपछि रिहाइको माग गर्दै शिक्षकहरुले पेन डाउन गरेका हुन् ।

पक्राउ परेका शिक्षकको कुटाइबाट सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत एक छात्रको कानको जाली फुटेको अभिभावकको उजुरीका आधारमा स्थानीय प्रहरीले मंगलबार प्रहरीले शिक्षकलाई नियन्त्रणमा लिएको हो ।

विद्यार्थीको स्वास्थ्य परिक्षणमा विद्यार्थीको कानको जाली फुटेको देखिएको हुनाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले बताए ।

सो विद्यालय अहिले अनिश्चित कालका लागि बन्द गरिएको छ । विद्यार्थीहरुले शिक्षक रिहाइको माग गरेर विद्यालय बन्द गरेको हुन् ।

विद्यार्थीको कानको जाली फुटाएको घटनाको कसुरदार शिक्षक नै ठहरिए पाँच वर्ष जेल र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ । साथै अंगभंग भएको खत निको भई काम लाग्ने भएमा तीन वर्षसम्म कैद र तीस हजार रुपियाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था रहेको प्रहरीले जानकारी दियो ।

A Levels MA