After SEE Portal

पीबीएस आइटी करियर कन्क्लेभ सम्पन्न

Bridge Course

आइटीको द्रुत्त विकाससँगै भविश्यको लागि तयार रहन विज्ञहरुको जोड

आर यु फ्युचर रेड्डी स्लोगन सहित दुईदिने आइटी करियर कन्क्लेभ सम्पन्न भएको छ । प्रेसिडेन्सिएल बिजनेस स्कूल र लिभिङ विथ आइसिटीको संयुक्त आयोजनामा प्रेसिडेन्सिएल बिजनेस स्कूलमा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको विभिन्न सत्रमा २५ भन्दा बढी सूचना तथा प्रविधि क्षेत्र विज्ञहरुले आआप्mनो धारण राखेका थिए । प्रविधि क्षेत्रमा भविष्य खोज्नेहरुलाई लक्षित गरेर आयोजना गरिएको यो आइटी करियर कन्क्लेभमा वत्ताहरुले अबको भविश्य प्रविधिसँगै जोडिएको हुदा सोहि अनुकल व्यक्तिले ज्ञान आर्जन गर्ने तथा सरकारले प्रविधमैत्री वातावरणको सृजना गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

इमर्जिङ प्रविधिहरुबारे छलफल गर्दै सुरु भएको कन्क्लेभ अबको १० वर्षभित्र नेपालमा आइटीको विकास कस्तो हुनसक्छ भन्ने विषयमा गएर टुङ्गिएको थियो ।

कार्यक्रमको समनापनमा बोल्दै पूर्वमन्त्री गणेश शाहले स्टार्टअप, इन्नोभेसन र उद्यमशिलतामा अबको भविश्य खोज्नुपर्ने बताए । यसैगरी आइटी विज्ञ मनोहर भट्टराईले सरकार पोलिसी निमार्णमा अघि रहेपनि कार्यान्वयन पक्ष फितलो हुँदा यो क्षेत्रमा अपेक्षाकृत प्रगति हुन नसकेको बताए । उनले अझैपनि युवाका समस्याहरु नबुझने र नेपाली इन्नोभेसनलाई सहजीकरण नगर्ने हो भने १० वर्षमा ठुलो परिवर्तन देख्न नसकिने बताए ।

यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल कुमार दत्तले अबको १० वर्षमा इगर्भनेन्सको क्षेत्रमा वदलाव आउने बताए ।

प्रधानमन्त्रीका आइटी सल्लाहकार अश्गर अलीले विगत केहि वर्षदेखि सरकारले आइटीलाई प्राथमिकतामा राखेर काम गरिरहेको हँुदा परिवर्तन सम्भव रहेको बताए ।

नागरिक एपले चाँडै मुत्र्तरुप लिने बताउदै सरकारले नारिकलाई दिने सेवाहरु अब घर बसेरै प्रविधिको प्रयोग गरेर लिन पाउने कुरामा उनले जोड दिए ।

साथै, उनले अब डिजिटल प्रविधिले अन्य क्षेत्रलाई ड्राइभ गर्नुपर्ने कुरामा जोड दिए । मेडसफ्टकी सीईओ प्रनिता उपाध्यायको अनुसार अबका दश वर्षमा घरबाटै काम गर्न सकिने तथा परम्परागत अफिसको आवश्यकता नपर्ने स्थितिको सृजना हुनसक्छ । साथै भौतिक पूर्वाधार र साइबर सुरक्षामा पनि एकदमै बदलाव आउने उनले बताएकी थिइन् ।

कार्यक्रममा कम्प्युटर वैज्ञानिक मुनि बहादुर शाक्यले आफ्ना अनुभवहरु बाढेका थिए । नलेज स्पेसियलिस्ट हेमपाल श्रेष्ठले सञ्चालन गरेको उक्त सेसनमा डिजिटल नेपाल र यसका एजेन्डाको विषयमा छलफल भएको थियो ।

कार्यक्रममा इन्नोभेसन र टेक्नोलोजिकल उद्यमशिलता, इर्मर्जिङ टेक्नोलोजी र कनेक्टिङ ट्यालेन्ट्स टु दि वल्र्ड विषयमा पनि प्यानल डिस्कसन सञ्चालन गरिएको थियो । कार्यक्रममा केही सहभागीहरु भर्चुअल रुपमा पसामेल गरिएको थियो । भौतिक रुपमा भने स्वास्थ्य मापदण्ड अपनाएर विभिन्न सरोकारवाला तथा मिडियाको उपस्थिीति रहेको थियो ।

पहिलो सेसन इमर्जिङ टेक्नोलोजी इन आइटी इन्डष्ट्री’ मा योङ इन्नोभेसनका सिइओ बिभुषण बिष्ट, क्लाउड फ्याक्ट्रीकी बरिष्ठ सफ्टचेयर इन्जिनियर माधुरी श्रेष्ठ, नेपाल खुल्ला विश्वविद्यालयका कार्यक्रम संयोजक डा. भोजराज घिमिरे र फ्यूज क्लासरुमका निर्देशक पराग श्रेष्ठ विषय विज्ञका रुपमा सहभागी भएका थिए ।

त्यसैगरी इ सत्यका इन्चार्ज रुचिन सिंह मोडरेटरको भूमिकामा रहेका थिए । दोश्रो सेसन ‘इन्नोभेसन एण्ड टेक्नोलोजीकल आन्ट्रप्रेनरसीप’ विषयमा सञ्चालन भएको थियो ।

यो सेसनमा खल्तीका सह–सस्थापक मनिष मोदी, फुडमाण्डूका संस्थापक मनोहर अधिकारी र जीवी हेल्थका प्रबन्ध निर्देशक आभुसन ज्योती कंसाकार विषय विज्ञका रुपमा सहभागी भएका थिए । मोडरेटरको भूमिकामा काठमाडौं विश्वविद्यालयका सह–प्राध्यापक रोशी लामिछाने रहेकी थिइन ।

त्यस्तै तेस्रो सेसनमा आइटीमा करियर संभावनाको बारेमा क्युएनए सेसन सञ्चालन भएको थियो । यस सेसनमा मेरो लगानीका सिईओ अतितलाल श्रेष्ठ र लिफ्रग टक्नोलोजीकी स्वेच्छा बिष्टले सहभागीहरुकाो जिज्ञासाको जवाफ दिएका थिए ।

त्यसैगरी कार्यक्रमको दोश्रो दिन ‘कनेक्टिङ ट्यालेन्ट्स विथ ग्लोबल अपर्चुनिटी’ विषयमा भर्चुअल सेसन सञ्चालन भएको थियो । यस सेसनमा विज्ञका रुपमा किम्बु टेक्नोलोजीकी सीईओ कार्भिका थापा, सिम्प्लिफाई ३६० का सीईओ लक्ष्मी खतिवडा र जेनस सोलुसनका सीटीओ अञ्जनी फुँयाल, ग्रोवाईडेटाका सहसस्थापक प्रशन्न ढुंगेल, वेस्टक्लिफ विश्वाविद्यालयका इन्जिनियरिङ तथा टेक्नोलोजी संकायका डिन प्रा.डा. जर्ज सयजको सहभागिता थियो । यो सेसनको मोडरेटरको भूमिकामा स्मार्टटेक सोलुसनका सिईओ दिव्येश गिरिले गरेका थिए ।

अमेरिकन विजनेश तथा आइटी डिग्री सञ्चालन गरिरहेको प्रेसिडेन्सियल बिजनेस स्कुलले पहिलोपटक आइटी करियर कन्क्लेभ सफलतापूर्वक सम्पन्न गरेको कार्यकारी निर्देशक लक्ष्मण केसीले बताए । आगामी दिनमा आइटीको भविश्य सुमधुर रहको बताउदै केसीले यसको लागि योग्य र दक्ष विद्यार्थी उत्पादनमा जोड दिने र आइटी उद्योगसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।

A Levels MA