CMAT

सीटीइभीटी प्रदेश सरकार मातहत ल्याउने निर्णय

Bachelors Portal

बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (सीटीइभीटी) प्रदेश सरकार मातहत ल्याउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सीटीइभीटीको कार्यालय, दरबन्दी तथा कार्य विवरण स्वीकृत गर्ने निर्णय गरेको हो ।संविधानमा सीटीइभीटी प्रदेश मातहत रहने व्यवस्था रहे पनि हालसम्म सो अधिकार प्राप्त हुन सकेको छैन ।

मन्त्रिपरिषद् बैठकले सीटीइभीटीको कार्यालय स्थापना हुने स्थान, सङ्गठन तालिका, दरबन्दी, कार्य विवरण, छाप र साइनबोर्ड स्वीकृत गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा योजना मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।उनका अनुसार सीटीइभीटी संविधानतः प्रदेश सरकारलाई हस्तान्तरण हुनुपर्ने भए पनि प्राप्त हुन नसकेको र सो कार्यालयको काम पनि प्रभावकारी नभएकाले प्रदेश सरकारले नै कार्यान्वयन गरेर अघि बढ्ने तयारी गरेको हो ।

उक्त कार्यालयमा प्रमुख कार्यकारी निर्देशकसहित १३ जनाको दरबन्दी स्वीकृत गरिएको उनले बताए । सो कार्यालयमा हाल कायम रहेको दरबन्दी बाहेक ५ जनाको दरबन्दी स्वीकृत गरी प्रदेश सरकारले तलब भत्ताको व्ययभार लिने निर्णय भएको उनको भनाई छ ।

Thuprai - Books and E-books
I Tech store