After SEE Portal

पठाओले त्रिविका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

Bridge Course

पठाओ कम्पनीले त्रिभुवन विश्वविद्यालयमा स्नातक तहका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । त्रिवि र पठाओले सहमति पत्रमा हस्ताक्षर गर्दै यस्तो सहमति गरेका हुन् ।

सो सहमति अनुसारत्रिविका ६२ ओटा आंगिक क्याम्पसमा अध्ययनरत गरिब,जेहेन्दार विद्यार्थीहरूको उच्चशिक्षामा सहयोग गर्ने उद्देश्यले पठाओ कम्पनीले बार्षिक रु १५ लाख छात्रवृत्तिस्वरुप त्रिविलाई उपलब्ध गराउने भएको छ ।

मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय र शिक्षाशास्त्र संकायमा अध्यनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने सहमति पत्रमा उल्लेख गरिएको छ ।

त्रिविका तर्फवाट विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा पशुपति अधिकारी र पठाओ कम्पनीको तर्फवाट सिनियर म्यानेजर सुरक्षा हमालले सहमति पत्रमा हस्ताक्षर गरेको छन् । सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा त्रिवि अन्तराष्ट्रिय सम्वन्ध केन्द्रका कार्यकारी निर्देशक विनोद जोशी, योजना निर्देशनालयका निर्देशक प्राडा धुव्रकुमार गौतम, पठाओ कम्पनीका व्यवस्थापन निर्देशक असिममान सिंह बस्न्यात लगायतको उपस्थिति रहेको थियो ।

A Levels MA