After SEE Portal

कक्षा ६ र ७ मा एउटै प्रश्न तयार गर्ने विज्ञ सार्वजनिक गर्न अभिभावकको माग

Bridge Course

कक्षा ६ र ७ मा एउटै प्रश्न तयार गर्ने विज्ञलाई अभिभावकको जिम्मा लगाउन स्थानीय अभिभावकले माग गरेका छन् ।

नुवाकोटको तारकेश्वर गाउँपालिकाले पालिका स्तरीय बार्षिक परीक्षाका नाममा कक्षा ६ र ७ मा एउटै प्रश्न सोधेपछि यस्तो माग गरेका हुन् । तारकेश्वर गाउँपालिका स्तरीय वार्षिक परीक्षा २०८०, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषयको प्रश्नपत्र दुवै कक्षामा एउटै सोधेको हो ।

 पालिकाले नै तयार गरेको समूह ‘क’ ‘ख’ र ‘ग’ मा एउटै प्रश्न सोधेको छ । 

विद्यालय तहको परीक्षामा प्रश्नपत्र तयार गर्दा चरम लापरबाहीका कारण कक्षा ६ र ७ मा प्रश्नको रंग फरक पारेर एउटै प्रश्न सोधेर बालबालिकाको भविष्यमाथि पालिकाले खेलवाड गरेको अभिभावकको आरोप छ । अभिभावकले कक्षा ६ र ७ का बालबालिकाको सिकाइ स्तर एउटै नहुने हुँदा एउटै प्रश्न तयार गर्ने विज्ञलाई सार्वजनिक गर्नुपर्ने स्थानीय अभिभावकको माग छ । ‘नेपालमा विज्ञ उत्पादन गर्ने त्रिभुवन विश्वविद्यालयको रोग पालिकामा सरेको हुँदा प्रश्नपत्र निर्माण कर्तालाई चिन्न मन छ ।’ एक अभिभावकले भने, ‘माथिल्लो कक्षा र तल्लो कक्षामा एउटै प्रश्न सोद्ने कस्तो विज्ञ ?’

यस विषयमा पालिकाको शिक्षा शाखामा सम्पर्क गर्न खोज्दा प्राविधिक कठिनाइका कारण हुन सकेन ।

A Levels MA
Thuprai - Books and E-books