After SEE Portal

फागुन ६ गतेदेखि पनिकाले अनलाइन सेवा प्रदान गर्ने

Bridge Course

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, (पनिका) ले फागुन ६ गतेदेखि अनलाइन सेवा पुनः सञ्चालन गर्ने भएको छ ।

माघ १५ गतेदेखि अनलाइन तथा अफलाइन माध्यमबाट सञ्चालन गर्ने भनिए पनि प्राविधिक कारण  अवरुद्धभएको सेवा फागुन ६ गतेबाट पुन सञ्चालन गर्न लागेको हो । पनिकाको बेवसाइट भने गत माघ २८ गतेदेखि सञ्चालनमा आएको थियो ।

सेक्यूरिटी अडिट कार्य सम्पन्न भएकोले आइतबारदेखि अनलाइन सेवा पूर्ण रुपमा सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । 

त्रिविले माघ दुईगते नै पनिकाका ११ प्रकारका काम अनलाइनबाट गर्ने निर्णय गर्यो । माघ सात गते पुल्चोक क्याम्पसमा डेमो प्रदर्शन गर्यो । माघ १० गते अनलाइनबाट लिने सेवाका विधि सार्वजनिक गर्यो । १५ गते निमित्त उपकुलपतिलाई प्रमुख अतिथि बनाएर अनलाइन सेवा सुचारु भएको घोषणा गर्यो । घोषणा भएको ७२ घण्टा नबिदै कक्षा १२ का विद्यार्थीले ह्याक गरेको वेबसाइट ह्याक गरेका थिए ।  पनिकाले दुई वर्ष अगाडि नै अनलाइनबाट सेवा प्रवाह गर्ने निर्णय गरेको थियो।  

A Levels MA
Thuprai - Books and E-books