After SEE Portal

पनिकाले माघ १५ गतेदेखि अनलाइनबाट प्रमाणपत्र वितरण गर्ने

Bridge Course

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले माघ १५ गतेदेखि अनलाइन मार्फत सेवा दिने भएको छ ।

पनिकाले शैक्षिक प्रमाणपत्र, ट्रान्सकृप्ट, प्रोभिजनल, प्रतिलिपि, पुर्नयोग, करेक्सन लगायतका काम अनलाइनबाटै इपेमेन्टका माध्यमबाट सञ्चालन गर्ने भएको हो ।

भौतिक उपस्थितिमा भीडभाड बढी हुने, सेवा प्रवाहमा ढिलासुस्ती लगायतका गुनासो आएपछि बेला पनिकाले अनलाइन मार्फत सेवा प्रवाह गर्ने भएको छ ।

पनिकाले माघ १० गते अनलाइनबाट सञ्चालन गरिने विधि सार्वजनिक गर्ने जानकारी दियो ।

अनलाइन मार्फत प्रमाणपत्र वितरणका लागि गत आइनबार डेमो प्रर्दशन समेत गरेको छ । अनलाइन डेमो सफल भएसँगै अनलाइन मार्फत सेवा प्रवाह गर्न लागेको पनिकाले जानकारी दियो ।

पनिकाले यसअघि २०७५ सालमा २४ घण्टा भित्रमा नै प्रमाणपत्र उपलब्ध गराउने योजना अघि सारेको थियो । कर्मचारीको अभाव, सफ्टवेयरमा समस्या लगायतका कारणले तत्काल उक्त कार्य अघि बढाउन सकेको थिएन् । अहिले २ करोडभन्दा बढीको बजेट विनियोजन गरेर त्रिविले अनलाइन प्रणालीको विकास गर्न लागेको पनिकाले जानकारी दियो।

हाल परीक्षा नियन्त्रण कार्यालय बल्खुमा विद्यार्थीहरु आफैँ उपस्थित भएर सेवा लिनुपर्ने बाध्यता छ । त्यसका लागि महिनौँसम्म कुर्नुपर्ने अवस्था छ । बैंकमा पैसा जम्मा गर्नेदखि फारम भरेर बुझाउने सम्मको काम पनिकामै उपस्थित भएर गर्नुपर्ने अवस्था छ । उक्त झन्झटिलो प्रक्रियालाई सहज बनाउँदै पनिकाले घरमै प्रमाणपत्र पु¥याउने गरी अनलाइन सेवाको तयारी थालेको हो ।

A Levels MA