After SEE Portal

प्यान  नेपाल र युएनएफआरआरले विद्यालयको सर्वाङगिण विकासका लागि छलफल सम्पन्न

Bridge Course

सामुदायिक विद्यालयको प्रधानाध्यापकहरूको संस्था प्रिन्सिपल एसोसिएसन अफ नेपाल (प्यान)  र संयुक्त राष्ट्र संघीय विपद व्यवस्थापन (युएनएफआरआर) विच विद्यालयको सर्वाङगीण विकासका लागि छलफल सम्पन्न भएको छ ।

शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालय ठहिटि काठमाडौंमा सम्पन्न  सो छलफलमा विद्यालयहरु बिच निरन्तर सिकाई ,सहकार्य, प्रभावकारी नेतृत्व, वकालत र शैक्षिक उत्कृष्टतालाई बढावा दिने उद्देश्यका साथ तीस भन्दा बढी प्रधानाध्यापकहरुको उपस्तिथिमा छलफल भएको थियो ।

प्यानका अध्यक्ष सुदाम प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथिहरु काठमाडौं महानगरपालिकाका नगर योजना आयोगका सदस्य ई. शैलेन्द्र झाले काठमाडौं महानगरबाट सञ्चालित शिक्षा सम्बन्धी कार्यक्रम तथा भावी योजना प्रस्तुत गर्दै परिवर्तित अवस्थामा नयाँ ढंगबाट अगाडि बढिरहेको बताए । काठमाडौं महानगरपालिकाले शिक्षा क्षेत्रको विकास र उन्नयनको लागि गरेका गौरवका परियोजना, स्वर्णीम योजना, बुक फ्रि फ्राइडे तथा अन्य समसामयिक विषयहरु बारे प्रस्तुति दिएका थिए ।

कार्यक्रम निर्देशक ग्यारी डेला पोलमिराई, गणतन्त्र कोरिया, ईन्चोन महानगरपालिका प्रशासनिक अधिकारी सियोङमी डो, बुईन आधारभूत विद्यालयका प्रधानाध्यापक ह्युनगुन किम लगायत उनाँका टिमले विद्यालयलाई विपतबाट कसरी बचाउने र ग्रीन स्कुल र सेफेटि स्कुल बारेमा आफ्नो प्रस्तुति दिएका थिए ।

सो अन्तरक्रियामा युएनडिआरआर ओनिय एण्ड गेटीका एडमिनिष्ट्रेटिभ एसिस्टेण्ट श्री हि दोङ्ग सिनले विपद व्यवस्थापनमा क्षमता विका देखि कार्यक्रम कार्यान्वयनका वारेमा जानकारी दिए ।

प्रोग्राम म्यानेजमेन्ट अफिसर युएनडिआरआर ओनिय एण्ड गेटीका प्रोग्राम म्यानेजमेन्ट अफिसर दारिया मोख्नाचेभा ले युएनडिआरआरको परिचय, क्षमता अभिवृद्धि कार्यक्रम तथा कोरियाका विद्यालयमा विपद्का कक्षा तथा गतिविधीहरु के कसरी सञ्चालन हुन्छन् भनि प्रस्तुतीकरण दिएका थिए । एमओआइएसका निर्देशक श्री ह्युनजुन जङ्गले विपद व्यवस्थापनको आवश्यकता र महत्त्व तथा फाइदाका वारेमा स्पष्ट पारे ।

कोरियाका करिम इलेमेन्टरी स्कुलका प्रधानाध्यापक श्री ह्युनगुन किमले शिक्षक तथा विद्यार्थीहरुका अनुभवका बारेमा बताए । वेयर संस्थाका प्रोग्राम डाइरेक्टर श्री गेयारी डे ला पोमेरोइले वेयर तथा कार्यशालाले गरेका क्रियाकलाप तथा गतिविधिका वारेमा स्पष्ट पारे । अन्तरक्रियामा बोल्दै  युएनएफआरआरकी प्रोग्राम म्यानेजमेन्ट अफिसर दारिया मोख्नाचेभाले भविश्यमा प्यान नेपालसँग सहकार्य गरेर विद्यालय शिक्षामा प्रकोप तथा शैक्षिक कार्यक्रममा सहयोग गर्ने बताए ।

A Levels MA
Thuprai - Books and E-books