After SEE Portal

प्याब्सनद्वारा आचार संहिता पालन गर्न सदस्य विद्यालयलाई निर्देशन

Bridge Course

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले सदस्य विद्यालयहरूलाई आचार संहिता कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

सबै कार्यसमितिलाई आचार संहिता कार्यान्वयन भए नभएको स्थलगत अनुगमन गरी तथ्य प्रमाण सहितको रिपोर्ट स्थानीय पालिका कार्यसमितिले जिल्ला कार्यसमितिले प्रदेश र प्रदेश कार्यसमितिले राय सहित केन्द्रीय कार्यसमितिलाई जेड २० गते भित्र पेश गर्न निर्देशन दिएको हो ।

प्याब्सनले विधान, नियमावली, आचार संहिता एवम् निर्देशन पालन नगर्ने विद्यालयहरुको सदस्यता नवीकरण नगर्न नगराउन सम्बन्धित सबैलाई सूचित गरेको छ ।

सदस्य विद्यालयहरुले ‘विद्यालय सञ्चालन विनियमावली’ निर्माण गरी सम्बन्धित निकायबाट स्वीकृत गराई लागू गर्नुपर्ने, सदस्य विद्यालयमा अभिभावक, विद्यार्थी, शिक्षक–कर्मचारीले पालन गर्नुपर्ने आचार संहिता निर्माण गरी लागू गर्नुपर्ने, सदस्य विद्यालयले विद्यार्थी भर्ना गर्दा लब्धाङ्ग–पत्र र चारित्रिक प्रमाण–पत्र अनिवार्य लिन निर्देशन दिएको छ ।

साथै विद्यालय छाड्दा भुक्तान गर्नुपर्ने सम्पूर्ण शुल्क फरफारक गरेका विद्यार्थीहरुको लब्धाङ्क–पत्र र चारित्रिक प्रमाण–पत्र विद्यालयले अनिवार्य उपलब्ध गराउने, सदस्य विद्यालयले भर्ना सम्बन्धी सूचना जारी गर्दा आफूले अनुमति लिएको कक्षामा मात्र सुचना जारी गर्ने र सोही अनुसार भर्ना लिने, वार्षिक क्यालेण्डर तथा परीक्षा लगायतका विषयमा केन्द्र, प्रदेश र जिल्लाले निर्देशित गरेको दायराभित्र रहेर सदस्य विद्यालयले कार्यक्रमहरु बनाउने निर्देशन दिएको छ ।

त्यसेगरी विद्यालयले पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेको पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री प्रयोग गर्ने, अन्य विषय थप गर्नुपर्ने भए सम्बन्धित निकायको पूर्व स्वीकृतिमा मात्र थप गर्न निर्देशन दिएको छ ।

सदस्य विद्यालयहरुले शुल्क निर्धारण गर्दा विद्यालय सञ्चालक र व्यवस्थापन समितिको बैठकद्वारा निर्णय गर्ने र स्थानीय पालिकाको स्वीकति लिई लागु गर्ने, विशिष्ट श्रेणीका विद्यालयले अभिभावकको भेलाद्वारा शुल्क निर्धारण गर्ने र सम्बन्धित निकायलाई जानकारी गराउने, शिक्षक कर्मचारीको सेवा सर्त सुविधा तथा प्राज्ञिक उन्नयनका कार्यक्रम विद्यालय विनिमावलीमा स्पष्ट हुने गरी समावेश गर्ने आचार संहिता लागु गर्न निर्देशन दिएको हो ।

विद्यालयले प्रदान गरेको छात्रवृत्तिको पारदर्शिता कायम गर्ने साथै छात्रवृत्ति सम्बन्धी तथ्याङ्क सम्बन्धित प्रदेश कार्यसमितिले स्थानीय पालिका कार्यसमितिसँग सङ्कलन गरी केन्द्रीय कार्यसमितिलाई पठाउने, बाल अधिकार हनन हुने कुनै पनि गतिविधिमा बालबालिकाहरुलाई समावेश नगर्ने र नगराउने, सदस्य विद्यालयहरुले केन्द्रीय कार्यसमितिद्वारा जारी नीति नियम, निर्देशनको अनिवार्य परिपालना गर्नुपर्ने आचार संहिता लागु गर्न निर्देश गरेको हो ।

A Levels MA
Thuprai - Books and E-books