After SEE Portal

भारत संगको सहकार्यमा फिल्मी कक्षा चलाउदै, ओस्कार कलेज

Bridge Course

काठमाडौं । सुकेधारास्थित ओस्कार कलेजले स्नातक तहमा फिल्म सम्बन्धी कोर्स अध्यापन गराउँदै आएको छ । नेपालमा सरकारी स्तरबाट लामो समयदेखि फिल्म सम्बन्धि  स्नातक तहको कोर्स पढाउँदै आएको हो ।

 कलेजले  भारतीय फिल्म कलेजसँग पठन पाठनमा सहकार्य गर्ने भएको छ । भारतको सत्यजित रे फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट, फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ ईन्डिया र नेसनल स्कुल अफ ड्रामाका डिन तथा पदाधिकारीलाई भेट्दै सहकार्यको सहमति गरेको हो ।

                          


एकेडेमिक निर्देशक मनोज बाबु पन्त, एकेडेमिक कोअर्डिनेटर नव विजय श्रेष्ठ र साउन्ड फ्याकल्टीका आलोक तिवारी ले भारतका तीनै संस्थाका पदाधिकारीलाई भेटेका थिए ।

 एकेडेमिक निर्देशक मनोज बाबु पन्तले भने ‘ हाम्रो एकेडेमिक कोर्स डिजाइन गर्नेदेखि फ्याकल्टी आदान प्रदान गर्नेसम्म पनि सम्झौता भएको छ । सिनेमा पढाउने सवालमा उनीहरुको इतिहास लामो छ । त्यसैले पनि यो सहमतिले दीर्घकालीन फाइदा हुने अपेक्षा राखेका छौं, ।

 भ्रमणमा आगामी दिनमा कलेजका विद्यार्थीलाई वार्षिक प्रशिक्षणसँगै कार्यशालाका लागि उनीहरुले श्रोत व्यक्ति उपलब्ध गराउनेसँगै विद्यार्थीहरुले बनाएका फिल्म पनि एक अर्काको देशमा देखाइने सहमति भएको पनि पन्तले बताए ।

एकेडेमिक कोअर्डिनेटर नव विजय श्रेष्ठले भन्छन् ‘आगामी दिनमा निर्देशन, स्क्रिृप्ट, सम्पादन, साउन्ड डिजाइन, अभिनय र छायांकनमा विधामा शिक्षक साटासाट गर्ने सहमति भएको छ ।

 सरकारी तवरमै पनि द्धिपक्षीय सम्बन्ध विकास गर्ने कुरा तथा यसले समग्र नेपाली फिल्म क्षेत्र नै लाभान्वित हुन सक्ने छ ।’

भारत स्थित पुनामा भएको फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट र दिल्लीमा भएको नेसनल स्कुल अफ ड्रामा सरकारी कलेज हुन् । ओस्कार कलेज नेपालको एक मात्र सरकारी सम्बन्धन प्राप्त फिल्मी कलेज हो ।

A Levels MA
Thuprai - Books and E-books