A Levels MA

विज्ञान तथा प्रविधि अध्ययन संस्थानद्धारा विद्यावारिधि शोधार्थीहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले शैक्षिक बर्ष २०७७-०७८ का लागी विद्यावारिधी तर्फ भर्ना भएका ८१ शोधार्थीहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । 

विद्यावारिधिमा भर्ना भएका शोधार्थीहरुको उपयोगिताका लागी अनुसन्धानका विधिहरु,विषयक्षेत्रहरु,शैक्षिक एवम् प्रशासनिक दायित्वहरुका बारेमा विस्तृत जानकारी गराई विद्यावारिधी कार्यक्रमलाई व्यवस्थित,गुणस्तरीय र अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यले आयोजना गरिएको हो ।

सो कार्यक्रमको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले अनुसन्धानलाई अधिकतम प्राथमिकता दिई त्रिविलाई अनुसन्धानमुलक विश्वविद्यालय बनाउन प्रयासरत रहेको बताउनुभयो ।

विश्वविद्यालयको जिम्मेवारी ज्ञान,सिप,अनुसन्धान र आविष्कार भएको उल्लेख गर्दै उहाँले अनुसन्धान मार्फत गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकार तथा मातहतका मन्त्रालयहरुबाट हुने सम्पूर्ण अनुसन्धान विश्वविद्यालय मार्फत गर्न÷गराउन लागिपरिरहेको समेत बताउनुभयो । संसारका उत्कृष्ट मस्तिष्कहरु विज्ञान विषयमा आर्कषित हुने गरेको भन्दै उहाँले विज्ञानका शोधार्थीहरुबाट विश्वविद्यालयको प्राज्ञिक उन्नयनमा थप योगदान पुग्ने अपेक्षा समेत गर्नुभएको थियो । 

त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.पेशल दाहालले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी अनुसन्धान गर्दै गुणस्तरीय,विश्वसनिय र प्रभावकारी अनुसन्धान निर्देशिकाहरु निर्माण गरी अनुसरण  गर्न शोधार्थीहरुलाई प्रोत्साहित गर्नुभएको थियो । 

विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव प्रा.शकर प्रसाद भण्डारीले गुणस्तर सुधार र आफ्ना उत्पादनको बजारीकरण उच्च शिक्षाका विद्यामान चुनौती रहेको उल्लेख  गर्दै विश्वविद्यालय अनुदान आयोगले अनुसन्धानकर्मीहरुका लागी विभिन्न शिर्षकमा छुट्याइएको उपयोग गर्न शोधार्थीहरुलाई आग्रह गर्नुभएको छ ।

उच्चशिक्षामा भर्नादर वृद्धि गर्दै प्राविधिकतर्फको उच्चशिक्षालाई बढावा दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो थियो उहाँले देशका लागी आवश्यक मनोवैज्ञानिक ढंगले सन्तुलित,आर्थिकरुपमा सबल,सामाजिकरुपमा प्रतिवद्ध र आध्यात्मिकरुपमा सन्तुष्ट जनशक्ति निर्माण गर्नुपर्ने चुनौती रहेको समेत बताउनुभएको थियो । 

विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा.विनिल अर्यालले अनुसन्धानमा गुणस्तर अभिवृद्धि गर्न शोधार्थीहरुले धेरै सुधार र परिश्रम गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो संस्था,प्राध्यापक र विषयवस्तुप्रति संवेदनशिल शोधार्थीबाट मात्रै अपेक्षित परिणाम प्राप्त हुने अपेक्षा गर्नसकिने उल्लेख गर्नुभएको थियो । 

अभिमुखिकरण कार्यक्रमको उद्घाटनसत्रमा विज्ञान तथा प्रविधि  अध्ययन संस्थानका सहायक डीन प्रा.डा राम नारायण झाले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्य र अपेक्षाहरुका बारेमा जानकारी गराउँनुभएको थियो ।

पहिलो सत्रको कार्यक्रममा  प्रा.डा खुम पौड्याल र प्रा.डा राम नारायण झाले शोधार्थीहरुका लागी आवश्यक सूचनामुलक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने दोश्रो सत्रमा अनुन्धानमा हुने साहित्य समिक्षा र त्रुटीका बारेमा प्रा.डा राजु खनाल, अनुसन्धान विधिका वारेमा प्रा.डा विनिल अर्याल र अनुसन्धानमुलक प्रकाशनका लागी  विश्लेषणात्मक एवम् रचनात्मक लेखन सम्बन्धमा प्रा.डा रामेश्वर अधिकारी र डा. दिनेशराज भुजुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Thuprai - Books and E-books