त्रिवि शिक्षण अस्पतालमा १२ शैयाको आईसीयू सञ्चालन

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले १२ शैयाको अत्याधुनिक सघन उपचार कक्ष (आईसीयु) सञ्चालनमा ल्याएको छ ।

विधिवत रुपमा त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले हिजो उद्घाटन गरेको सो आईसीयु स्वास्थ्य मन्त्रालयको करिब पौने ६ करोड लागतमा सञ्चालनमा ल्याइएको हो ।

अस्पताल र विश्वविद्यालय दुवैमा अनेकौ समस्या र चुनौतीका बाबजुत सवैको सहयोग र आपसी विश्वासमार्फत समस्याको समाधान गर्दै संस्थागत विकासमा लाग्नुपर्ने बताए ।

फोटोः त्रिवि सूचना तथा जनसम्पर्क महाशाखा

‘सरकारले प्रदान गर्ने सबै खाले सुविधाहरु शिक्षण अस्पताललाई उपलब्ध गराउन म प्रयत्नशील छु ।’ उपकुलपति बास्कोटाले भने, ‘आइसीयूबाट सम्पूर्ण विरामीले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नेमा विश्वस्त छु।’ उनले अस्तपाल नेतृत्वलाई सवैप्रकारका सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्राडा दिव्यासिंह शाहले कोरोनाको महामारीमा पर्याप्त आईसीयू नहुँदा विरामीहरुको उपचारमा कठिनाई उत्पन्न भएको स्मरण गरे । सरकारका महत्वपूर्ण पदाधिकारीहरुसँग समन्वय गरी आईसीयू निर्माणमा सफलता प्राप्त भएको उनले जानकारी दिए । उनले सरकारबाट प्राप्त रकमलाई सदुपयोग गरी अस्पताललाई थप व्यवस्थित बनाउनुपर्ने धारणा व्यक्त गरे ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेले महामारीको उच्च जोखिममा अनेकौ कठिनाई र व्यवधानका बावजुत विश्वविद्यालयका पदाधिकारीहरुको सहयोगमा अस्पताललाई सक्रिय बनाउन आफ्नो टिम लागि परेको बताए ।

कोरोनाको जोखिम उच्च हुँदै गएको कठिन परिस्थितिको अनुभव सुनाउदै उनले अस्पतालको सेवालाई स्तरोन्नती गर्न सहयोग गर्नुहुने सबै पक्षहरुप्रति आभार व्यक्त गरेका छन् ।

उनले कोरोना जोखिमका समयमा योगदान गर्नुहुँदै स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई जोखिम भत्ता उपलब्ध गराउन लागिएको समेत जानकारी दिए ।

यसैगरी त्रिवि शिक्षण अस्पतालका उपनिर्देशक प्राडा सुवास प्रसाद आर्चायले अस्पतालमा आइसीयूको अभावमा कतिपय विरामीहरु प्रभावित रहेको उल्लेख गर्दै आइसियूको अत्यधिक आवश्यकता रहेको र आफूहरु थप आईसीयू सञ्चालन गर्न समेत सक्षम रहेको जानकारी दिए ।

Thuprai - Books and E-books