After SEE Portal

करिब दुई हजारको आवेदन मात्र एनओसीका लागि  पेन्डिङ

Bridge Course

वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) शाखाका तत्कालीन प्रमुख शान्ति राम पौडेलले गत फागुन ३० गते काम गर्न नसकेको कारण देखाउँदै सामाजक सञ्जालमार्फत आफ्नो राजिनामा सार्वजनिक गरे । उनले तैत्र एक गते विधिवत रुपमा राजिनामा दिए । उनको राजिनामा भएको समयमा एनओसीका लागि आवेदन दिएका करिब ९ हजार विद्यार्थी प्रतिक्षामा थिए । उनको राजिनामापछि अवलोकन गर्न पुगेकी शिक्षामन्त्री सुमना श्रेष्ठले सहयोग गर्ने प्रतिवद्धता गरेर फर्किइन् । शाखाको जिम्मेवारी वासुदेव वस्तीलाई मन्त्रालयले सुम्पियो ।

 शाखामा आउन साथ उनले सात दिन पछि भीड व्यवस्थापन गर्र्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले जिम्मेबाी सम्हालेको समयमा ८ हजार १८४ आवेदक एनओसीको प्रतिक्षामा थिए । दैनिक १५ सय आवेदकको आवेदन प्रमाणीकरण गरी एनओसी प्रदान गर्ने लक्ष्यका साथ काम गर्न जुटेको शाखाले लक्ष्यभन्दा बढीको आवेदन सत्यपान गरी दैनिक १५ सयभन्दा बढी विद्यार्थीलाई एनओसी प्रदान गरिरहेको छ ।

अहिले आवेदन दिएर प्रतिक्षामा रहेका विद्यार्थीको संख्या घटेर २ हजारको हाराहारीमा झारिएको शाखाले जानकारी दियो । शाखाका अनुसार हिजो साझसम्म एनओसीको प्रतिक्षामा रहेका २ हजार ४४२ जना मात्र रहेका छन् । हिजो मात्र शाखाले र्२ हजार ८९ जनालाई एनओसी प्रदान गरेको छ भने १८ सय ४० जनाको आवेदन रुजु गरेको छ । हिजो मात्रै ६५० जना नयाँ विद्यार्थीले एनओसीका लागि आवेदन दिएका छन् ।

शाखाका अनुसार फागुनमा मात्रै १३ हजार ९४५ जनाले एनओसी लिएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ७१ हजार ६३ जनाले एनओसी लिएको शाखाले जानकारी दियो । शाखाका अनुसार पछिललो समय जापान र कोरियाका लागि धेरै विद्यार्थीले एनओसी लिएका छन् ।                              

फागुनमा जापानका लागि ८ हजार ९१ जनाले एनओसी लिएका छन् भने अस्ट्रेलियाका लागि दुई हजार ६१०,क्यानडा एक हजार ६६०, बेलायतका लागि ५५९, भारत २३४, युएई १६९, दक्षिण कोरियाका लागि १२५ एनओसी लिएका छन् ।

 

 

A Levels MA
Thuprai - Books and E-books