After SEE Portal

प्राविधिकधारका विद्यार्थीलाई अनलाइन कक्षा

Bridge Course

प्राविधिकधारका विद्यार्थीलाई ध्यानमा राखी प्राविधिक शिक्षक एसोसिएसन प्रदेश नं. २ ले अनलाइन तयारी कक्षा सञ्चालन गर्ने भएको छ । एसोसिएसनले भर्चुअल कक्षाको पूर्व तयारीका लागि नमुना तयारी कक्षा, नुमना प्रश्नपत्र र पूर्व प्रश्नहरूलाई अनलाइनमा राखेको छ ।

कोरोना भाइरस (कोभिड –१९) का स्थगित भएका कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई), कक्षा ११ र १२का विद्यार्थीलाई लक्षित गरी एसोसिएसनले सो कक्षा सञ्चालन गर्ने भएको हो ।

प्रदेश २ को प्राविधिक शिक्षक एसोसिएसनले यस्तो विकट घडीमा विद्यार्थीहरुको सहजताका लागि गरेको कार्य सामाजिक सञ्जालबाट मात्र नभई निस्चित सञ्चार माध्यमबाट सञ्चालन गरिनु पर्ने एसोसिएसनका केन्द्रीय अध्यक्ष महेश पौडेलले बताए ।

एसोसिएसनका सम्पूर्ण पदाधिकारी तथा अन्य प्रशिक्षकले सोसल मिडिया फेसबूक मार्फत समाधान गर्ने एसोसिएसन प्रदेश न. २ का अध्यक्ष डा.सुमन कुमार सिंह सिंहले बताए । बाली बिज्ञान, ईन्जिनियरिङ तर्फ सिभिल, इलेक्ट्रिकल तथा कम्पुटर इन्जिनियरिङ तर्फको पनि नमुना प्रश्नोत्तर तयारी भइ रहेको केन्द्रीय प्राविधिक शिक्षक एसोसिएसनका अध्यक्ष पौडेलले जानकारी दिए ।

डा.बिनोद कुमार यादव, डा.पवन कुमार झा, डा.भरत झा, डा.रोशन राजन साह, डा.महेन्द्र मण्डल, राम भरोश यादव, सुरेन्द्र यादव, बिभा यादव, सुमी सिंह लगायत प्रशिक्षकसंग विद्यार्थीले सम्पर्क गर्न सक्ने अध्यक्ष सिंहले बताए ।

A Levels MA