त्रिवि उपकुलपति बास्कोटाका एक वर्ष

त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले आफ्नो कार्यकाल सम्हालेको एक वर्ष पुरा भएको छ । उनको एक बर्षे कार्यकालमा समग्र विश्वले महामारीको प्रकोपसंग जुद्नै पर्ने बाध्यात्मक अवस्था सिर्जना भयो । त्रिवि पनि यसको प्रकोपबाट अछुतो रहन सकेन ।

यसको प्रकोपका कारण करिब ४ महिना प्रशासनिक तथा शैक्षिक कार्यक्रमहरु ठप्प रहे । यसका बाबजुद त्रिविले बैकल्पिक माध्यमबाट अध्यापन कार्य सुरु गर्यो ।

करिब ६ लाख ४ हजार ४३७ विद्यार्थी संख्या भएको त्रिविले आफ्नो मेन डोमिनबाट १ लाख ६० हजार शिक्षक विद्यार्थीलाई इमेलआइडी प्रदान गर्यो । एनइआरएनसंग सम्झौता गरी पहिलो चरणमा १७५ निशुःल्क जुम वितरण गरेको उपकुलपति बास्कोटाको एकवर्षे उपलब्धिमा सार्वजनिक गर्दै त्रिविले जनाएको छ ।

उपकुलपति बास्कोटाको आगमनसंगै त्रिविका शिक्षाध्यक्ष र रजिष्ट्रारको पदावधि सकियो । त्रिविले रजिष्ट्रार तत्काल पाए पनि शिक्षाध्यक्ष भने तीन महिना सम्म नियुक्त गर्न सकेनन् ।

दुई महिना पदाधिकारी कार्यालय पस्नै पाएनन्

त्रिविका उपकुलपति बास्कोटाले कार्यभार सम्हालेको एक वर्षभित्र त्रिवि महामारी तथा विभिन्न खालेका समस्या झेल्न बाध्य भयो ।

उपकुलपति बास्कोटाको एक वर्षमा कर्मचारी, शिक्षक तथा विद्यार्थीको तालाबन्दीका कारण दुई महिनासम्म पदाधिकारी कार्यकक्ष छिर्न पाएनन्, सम्पूर्ण प्रशासनिक कार्यठप्प भए ।

त्रिविकै विद्यार्थीले अनलाइन कक्षाको माग गर्दै बन्दाबन्दीको समयमा पनि त्रिविका पदाधिकारी कार्यालय घेराउ गरे ।

त्रिवि पारिवारका केही असन्तुष्ट समूहले आफ्ना माग वार्ता र संवादका माध्यमबाट समाधान गर्नुको सट्टा त्रिविमा तालाबन्दी, आगजनी र तोडफोड जस्ता कार्य गरेको उपकुलपति बास्कोटाले आफ्नो एक वर्से कार्यकालका उपलब्धिहरुमार्फत सार्वजनिक गरेका छन् ।

उनले प्रकासित गरेको एकवर्से उपलब्धिमा भनिएको छ, ‘पदाधिकारीलाई निषेध गर्ने जस्ता अशोभनीय विरोध कार्यक्रम गर्नाले विभिन्न चरणमा गरी झण्डै २ महिनासम्म कार्यालयमा बसी काम गर्न नपाएको अवस्था एकातिर रह्यो भने अर्कातर्फ बहुमूल्य समय विभिन्न चरणमा विभिन्न पक्षसँग वार्ता गर्नमा नै व्यतित गर्नु प¥यो ।’

सम्पादित कार्यहरु

Thuprai - Books and E-books