After SEE Portal

विद्यालयलाई डेढ करोड सहयोग

Bridge Course

एक जना विदेशी नागरिकको रु डेढ करोड सहयोगमा अन्नपूर्ण गाउँपालिका–८ मा रहेको काफलडाँडा आधारभूत विद्यालयको पूर्वाधार निर्माण गरिएको छ ।

साविक राम्चे गाविस–८ धारापानीमा जन्मी हाल बेलायत निवासी गिरबहादुर गर्बुजाको समन्वयमा पोल्याडका नागरिक जोन ओलस्कीले सो विद्यालयको कक्षाकोठा भवनलगायतका पूर्वाधार निर्माणमा सहयोग गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक बुद्धि पुर्जाले गर्बुजाको पहलमा ओलस्कीको रु एक करोड ४५ लाख सहयोग गरेको बताए । उक्त रकमबाट ११ कोठे दुईवटा भवन निर्माण गरिएको छ ।

समन्वयकर्ता गर्बुजा गोर्खा सैनिकबाट सेवानिवृत्त भएपछि बेलायतको निजी कम्पनीमा काम गर्दै आउनुभएको छ । उनी परिवारसहित बेलायतमा बसोबास गर्नुहुन्छ ।

“पोल्याण्डका नागरिक जोन ओलस्कीको सहयोगमा पाँच र छकोठे दुईवटा भवन निर्माण भएको हो”, उनले भने, “सहयोगदाता ओलस्की र समन्वयकर्ता गर्बुजालाई विद्यालयले सम्मान गरेको छ ।”

सहयोगदाता ओलस्किले आफूले गरेको सहयोगले दुर्गम गाउँका विद्यालयका बालबालिकालाई सहज भएकामा खुसी व्यक्त गर्दै थप सहयोग गर्ने प्रतिबद्धता जनाए । उनीहरुले इन्टरनेटमार्फत गरिने टेलिटिचिङको सामग्री पनि सहयोग गरेका थिए।

कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा हाल ४३ जना विद्यार्थी छन् । यसअघि विद्यालय भवन रहेको ठाउँमा पहिरोको जोखिम भएपछि करबाकेली थानमुनि विद्यालय स्थानान्तरण गरिएपछि भवनलगायतका पूर्वाधार अभावमा पठनपाठन प्रभावित भएको थियो ।

A Levels MA