त्रिविका पदाधिकारी पाएको अधिकारसमेत प्रयोग गर्न सक्दैनन्

उत्तरपुस्तिका हराएको  विषयमा छानविन समितिले दिएको सुझाव कार्यान्वयन गर्न पदाधिकारीलाई चुनौती बढेको छ ।

सत्ता समीकरणमा आएको हलचलसंग त्रिविका पदाधिकारीले परीक्षा नियन्त्रक र सहनियन्त्रकलाई पदबाट हटाउन गरेको सिफारिस कार्यान्वयनमा चुनौती देखिएको हो । लामो समयदेखि रोकिएका परीक्षाको नतिजा असार मसान्तसम्ममा सार्वजनिक गर्न समस्या हुने भन्दै केही पदाधिकारीले आफूले काम गर्न नसकेको भन्नबाट पन्छिने गरेका छन् । केही पदाधिकारी भने कारबाही प्रक्रियामा गएर खुला प्रतिश्पर्धाबाट परीक्षा नियन्त्रक र सह नियन्त्रक छनोट गनर्गु पर्नेमा सहमत देखिन्छन् ।

पदाधिकारी भागवण्डाको अन्त्य गर्छौं भनेर बचनबद्ध पदाधिकारीलाई बारम्बार कार्यालयामा आउन रोक लगाउने, कार्यकक्षमा ताला लगाउने, काम गर्न नदिने चेतावनी विभिन्न समूहले दिएको हुँदा कार्यकारी परषद्लाई बर्खास्तीको निर्णय गर्न चुनौतीपूर्ण भएको एक पदाधिकारीले बताए । उनले तमाम चुनौतीका बाबजुद केही दिनमा नै के गर्ने भन्ने विषयमा त्रिविले निर्णय गर्ने जानकारी दिए ।

२०८० सालको वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय (४२२) र शिक्षा शास्त्र सङ्काय तर्फको शिक्षाको आधार विषय (४१२) का उत्तर पुस्तिका हराएको थियो ।

उत्तर पुस्तिका हराएको विषयमा गत चैत १५ गते त्रिविले राष्ट्रिय परीक्षा बोर्डका पूर्व अध्यक्ष तथा त्रिविका पूर्व रजिष्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal