After SEE Portal

त्रिविमा दोहोरो सुविधा लिन्छन् पदाधिकारी

Bridge Course

त्रिभुवन विश्वविद्यालयका पूर्व पदाधिकारीले दोहोरो सुविधा लिएको पाइएको छ । त्रिविका पूर्व दुई जना उपकुलपति, रजिष्ट्रार र सेवा आयोगका अध्यक्षले दोहोरो सुविधा लिएको पाइएको हो ।

त्रिविका पदाधिकारीले आफ्नै अनुकूल निर्णय गरेर पेन्सन र पदाधिकारी तलब भत्ता दुवै बुझ्दै आएको त्रिवि आर्थिक महाशाखामा कार्यरत एक कर्मचारीले बताए ।

ती अधिकृतका अनुसार त्रिविका पूर्व उपकुलपति तीर्थ खनियाँ र प्राडा धर्मकान्त बास्कोटाले पदाधिकारी भत्ता र पेन्सन दुवै लिएका हुन् । पूर्व उपकुलपति खनियाँ र कार्तिक १६ गते आफ्नो कार्यकाल समाप्त भएका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले सेवा निवृत्त भएपछि पेन्सन र पदाधिकारी दुवै भत्ता लिएका हुन् ।

त्रिवि प्रशासन महाशाखाका अनुसार त्रिविका पूर्व उपकुलपति खनियाँ र रजिस्ट्रार डिल्ली उप्रेतीले कार्यकारी परिषदबाट निर्णय गराएर दोहोरो सुविधा लिन सुरु गरेका हुन् ।

परिषद्को उक्त निर्णय अहिलेसम्म गोप्य राखिएको छ । दोहोरो सुविधा लिएको अभिलेख भने त्रिवि आर्थिक शाखामा रहेको छ । रजिस्ट्रार पेसल दाहालले समेत दोहोरो सुविधा लिएको खुलेको छ ।

यी भन्दा अगाडिका पदाधिकारीले भने अवकाश पछि पदाधिकारीमा नियुक्त भएमा पदाधिकारीको तलब भत्ता मात्र लिने गरेका थिए । पदाधिकारी भत्ता पेन्सन भन्दाबढी भएकोले पदाधिकारी भत्ता मात्र रोज्ने गरेकोे त्रिविको प्रशासन महाशाखाले जानकारी दियो ।

पूर्व भिसी खनियाँ पनि उपकुलपतिमा कार्यरत भएकै समयमा अवकाश पाएका थिए, भने प्राडा बास्कोटा पनि आफ्नो उपकुलपतिको कार्यकाल सकिन एक वर्ष बाँकी हुँदै प्राध्यापकबाट अवकाश पाएका थिए । दुवैले आफ्नो पदावधि रहुन्जेलसम्म दोहोरो सुविधा लिएका थिए ।

त्यसैगरी रजिस्ट्रार पेसल दाहाल अवकास भएपछि मात्र रजिस्ट्रार भएका हुन् । उनले पनि रजिस्ट्रारको तलब र पेन्सन दुवै लिएको आर्थिक महाशाखाको अभिलेखमा उल्लेख छ ।

त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष चैतन्य शर्माले पनि आयोगको अध्यक्षको तलब भत्ता र पेन्सन दुवै लिएका थिए ।

पदाधिकारीले तलब भत्ता र पेन्सन एउटा रोज्ने पाउने पूर्व व्यवस्था भएपनि आफू अनुकूल निर्णय गराएर दोहोरो सुविधा लिँदै आएका छन् । 

एम फिल सञ्चालन भएका विभागमा पनि पाए जति सुविधा लिने प्रचलन छ । विभागीय प्रमुख भत्ता, एम फिल कोर्डिनेटर भत्ता, प्रोजेक्ट भएको विभागमा प्रोजेक्ट कोर्डिनेटर भत्ता  लिने गरेको पाइएको छ । 

पदाधिकारीले दोहोरो सुविधा लिँदा त्रिविलाई बार्षिक करोडौं व्यभार त्रिविलाई पर्ने गरेको छ ।

उपकुलपतिको तलब भत्ता अहिले मासिक ८५ हजार ७७ रुपियाँ छ । उपकुलपतिको कार्यकाल बाँकी छँदै सेवाबाट अवकाश पाएमा उसले पेन्सन बापत करिब रु. ४५ हजार पाउँछ । उसले दोहोरो सुविधा लिएमा उपकुलपतिले मासिक १ लाख ३० हजार ७७ रुपियाँ पाउँछ ।

उपकुलपतिले आफ्नो कार्यकालभरी पेन्सन मात्र नलिएमा त्रिविलाई २३ लाख ४० हजार रुपियाँ नाफा हुन्छ भने, रजिष्ट्रार, शिक्षाध्यक्ष, सेवा आयोगका पदाधिकारीले दोहोरो सुविधा लिने व्यवस्था हटाएमा त्रिविलाई बार्षिक करोडौं रुपियाँ बचत हुने आर्थिक शाखाका ती कर्मचारीले बताए ।   ‘विद्यार्थीबाट लिएको शुल्कबाट पदाधिकारीलृ दोहोरो सुविधा लिने  आफ्नो घर भाडामा दिएर आफू अपार्ट्मेन्टमा बस्ने !’ती कर्मचारीले भने, ‘अनि कुलपति लुसुलुसु उपकुलपति भेट्न अपार्टमेन्ट धाउने  ।’ 

A Levels MA
Thuprai - Books and E-books