A Levels MA

त्रिभुवन विश्वविद्यालयप्रति आकर्षण घट्दै

पहिलो पटकको प्रवेश परीक्षामा ११ हजार ९९७ विद्यार्थीले आवेदन दिएका थिए भने दोस्रो पटकमा १५०० गरी जम्मा १३ हजार ४९७ जानले प्रवेश परीक्षा दिएको थिए । स्नातकमा त्रिविको पढाउने क्षमता करिब ९ हजार ७५३ जनाको मात्र छ ।

त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायमा गत वर्षको तुलनामा प्रवेश परीक्षा दिने विद्यार्थी संख्या घटेको पाइएको छ ।

केही संकायमा गतवर्ष भन्दा केही प्रतिशत कम विद्यार्थीले प्रवेश परीक्षा दिने विद्यार्थीको संख्यामा कमी आएको छ । प्राविधिक विषयमा त्रिविले निर्धारण गरेको सिट संख्या अनुसार नै विद्यार्थी भए पनि प्रवेश हुन चाहने विद्यार्थीको संख्या कम देखिएको हो ।

त्रिविका विभिन्न कार्यक्रममा निर्धारण गरेको कोटा अनुसार विद्यार्थी भए पनि दुर्गमका केही शिक्षण संस्थामा विद्यार्थीको संख्यामा कमी देखिएको छ ।

व्यवस्थापन संकाय डिनको कार्यालयले लिएको स्नातक तहको प्रवेश परीक्षा (सिम्याट) –२०२२ मा पहिलो पटकको प्रवेश परीक्षामा ११ हजार ९९७ विद्यार्थीले आवेदन दिएका थिए भने दोस्रो पटकमा १५०० गरी जम्मा १३ हजार ४९७ जानले प्रवेश परीक्षा दिएको थिए । स्नातकमा त्रिविको पढाउने क्षमता करिब ९ हजार ७५३ जनाको मात्र छ ।

व्यवस्थापन संकाय डिनको कार्यालय व्यवस्थापनको बीबीए, बीबीएम, बीआईएम, बीपीए, बीएचएम, बीटीटीएम, बीबीए फाइन्यानस, बीएमएस कार्यक्रममा भर्नाका लागि लिएको गत वर्ष सिम्याटको सो परीक्षामा १७ हजार बढीले आवेदन दिएको डिन कार्यालयले जानकारी दियो ।

सिंगो त्रिविको ४८ प्रतिशत विद्यार्थी हिंसा ओगटेको व्यवस्थापन संकायमा विद्यार्थीको आकर्षण घट्दै गएको केन्द्रीय विभागका पूर्व प्रमुख प्राडा रामजी गौतम ले बताए । उनका अनुसार त्रिविले वेलैमा शैक्षिक तथा प्रशासनिक सुधार गरे सबै संकाय विस्तारै रित्तिदै जानेछन् । जथाभावी सम्बन्धन दिने तथा त्रिविले गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्दा भएका विद्यार्थी पनि विदेशिने संभावना बढेर गएको छ । ‘त्रिविले समयमा परीक्षा लिन र नतिजा प्रकाशन गर्न सक्दैन अनि कसरी विदार्थी बस्ने ।’ उनी भन्छन्, ‘जथाभावी सम्बन्धनले गर्दा कलेजले विदार्थी नपाए पनि केन्द्रीय विभागमा भने कोटा अनुसारकै विद्यार्थी छन् तर समयमै सुधार नगरे यो अवस्था टिकिरहन्छ भन्ने अवस्था भने छैन ।’

त्रिविका केही पुराना विषयमा विद्यार्थी पाउनै छाडे पनि नयाँ तथा आधुनिक विषयमा विश्वविद्यालयले प्रदान गरेको सिट अनुसारका विद्यार्थी भने पाइरहेका छन् ।

पाँच वर्षको तथ्याङ्कमा विश्वविद्यालयका विद्यार्थी

लामो समय सम्म उच्च शिक्षामा एकछत्र राज गरेको त्रिविको साख वार्षिक रुपमा खस्कदै गएको छ ।

आ.व

विश्वविद्यालय

विद्यार्थी

२०७३–७४

त्रिभुवन ३ लाख ६७ हजार

 

काठमाडौं  १७ हजार

 

पूर्वाञ्चल २७ हजार

 

पोखरा २७ हजार

 

मध्यपश्चिम २८७५

 

नेपाल संस्कृत ३७३१

 

सुदुर पश्चिम ३९९१

 

कृषि तथा वन विज्ञान २०५६

 

लुम्विनी बौद्ध ५२८

२०७४–७५

त्रिभुवन ३ लाख ९२ हजार

 

काठमाडौं १८ हजार

 

पूर्वाञ्चल २८ हजार

 

पोखरा २९ हजार

 

मध्यपश्चिम ३२६८

 

नेपाल संस्कृत ३७६५

 

सुदुर पश्चिम ४३४५

 

कृषि तथा वन विज्ञान ३०९१

 

खुला ४०५

 

राजर्षी जनक ८०

 

लुम्बिनी बौद्ध ७१४

२०७६–७७

त्रिवि ४ लाख १५ हजार ४८२

 

पूर्वाञ्चल  ४६ हजार १९०

 

पोखरा    ३० हजार ७४९

 

मध्यपश्चिम ५ हजार ७२१

 

पाल संस्कृत  २ हजार ७९१

 

सुदुर पश्चिम १० हजार ११३

 

कृषि तथा वन विज्ञान ३ हजार ८७१

 

खुल्ला    ६८०

 

राजर्षि जनक  १९१

 

लुम्बिनी बौद्ध ७१३

 

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  ३ हजार २४७

२०७७–७८

त्रिवि  ४ लाख २२ हजार ६५३

 

काठमाडौं   १६ हजार ८४७

 

पूर्वाञ्चल   ४८ हजार ८५८

 

पोखरा  ३२ हजार ४८४

 

मध्यपश्चिम ८ हजार ६५६

 

नेपाल संस्कृत ३४९

 

सुदुर पश्चिम १३ हजार ८७३
  कृषि तथा वन विज्ञान  ४ हजार ४२७
  खुल्ला  ९६९
  राजर्षि जनक  ३९९
  लुम्बिनी बौद्ध   १ हजार ११
   स्वास्थ्य विज्ञान प्रतिष्ठान  ३ हजार ५७१

स्रोतः विभिन्न वर्षको आर्थिक सर्वेक्षण

 

विगत पाँच वर्षको त्रिविको विद्यार्थी संख्या हेर्दा ८० प्रतिशत भन्दा बढी विद्यार्थीको चाम खेपेको विश्वविद्यालय वार्षिक संख्यात्मक रुपमा घट्दै अन्य विश्वविद्यालयमा विद्यार्थी आकर्षण विस्तारै बढ्दै गएको देखिएको छ ।

पछिल्ला पाँच वर्षको आर्थिक सर्वेक्षण अनुसार, आर्थिक वर्ष २०७३–७४ मा विभिन्न विश्वविद्यालय र अन्तर्गतका क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीको संख्या ४ लाख ५३ हजार थियो । आर्थिक वर्ष २०७२–७३ मा विश्वविद्यालयमा अध्ययन गर्नेको सङ्ख्या ४ लाख ४१ हजार मात्र थियो । उक्त वर्ष गत आर्थिक वर्षको तुलनामा २.६ प्रतिशतले विश्वविद्यालयमा विद्यार्थी बढेका थिए ।

उक्त आर्थिक वर्षमा मुलुक भित्र सञ्चालित विभिन्न विश्वविद्यालय र अन्तरगतका क्याम्पसहरूमा अध्ययनरत विद्यार्थी मध्ये त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा ३ लाख ६७ हजार, काठमाडौं विश्वविद्यालयमा १७ हजार, पूर्वाञ्चल विश्विविद्यालयमा २७ हजार, पोखरा विश्वविद्यालयमा २७ हजार, मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा २ हजार ८७५, नेपाल संस्कृत विश्वविद्यालयमा ३ हजार ७३१, सुदुर पश्चिमाञ्चल विश्वविद्यालयमा ३ हजार ९९१, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा २ हजार ५६ र लुम्विनी बौद्ध विश्वविद्यालयमा ५२८ विद्यार्थी अध्ययनरत छन् । सो आर्थिक वर्ष त्रिविमा ८१ प्रतिशत र अन्य विश्वविद्यालयमा १९ प्रतिशत विद्यार्थीले अध्ययन गरेका थिए

त्यस्तै, आर्थिक वर्ष २०७४–७५ मा विभिन्न विश्वविद्यालय र अन्तर्गतका क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीको ४ लाख ८६ हजार पुगेको थियो । जबकि, आर्थिक वर्ष २०७३–७४ मा उच्च शिक्षा पढ्नेको सङ्ख्या ४ लाख ५३ हजार मात्र थियो । सो वर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा ७.४ प्रतिशतले विद्यार्थी बढेका थिए ।

उक्त आर्थिक वर्षमा ११ विश्वविद्यालय र अन्तर्गतका क्याम्पसहरूमा अध्ययनरत विद्यार्थीहरू मध्ये त्रिविमा ३ लाख ९२ हजार, काठमाडौं विश्वविद्यालयमा १८ हजार, पूर्वाञ्चल विश्वविद्यालयमा २८ हजार, पोखरा विश्वविद्यालयमा २९ हजार, मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ३ हजार २६८, नेपाल संस्कृत विश्वविद्यालयमा ३ हजार ७६५, सुदुर पश्चिमाञ्चल विश्वविद्यालयमा ४ हजार ३४५, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ३ हजार ९१ खुला विश्वविद्यालय ४०५, राजर्षी जनक विश्विद्यालयमा ८० र लुम्बिनी बौद्ध विश्वविद्याल ७१४ विद्यार्थी अध्ययनरत थिए । त्रिवि र अन्य विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको सङ्ख्या क्रमशः ८१.० प्रतिशत र १९. प्रतिशत रहेको थियो ।

भने, आर्थिक वर्ष २०७६–७७ मा सबै विश्वविद्यालय र अन्तर्गतका क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या आर्थिक वर्ष २०७५–७६ को तुलनामा १०.६ प्रतिशतले बढेर ५ लाख ३८ हजार पुगेको थियो । आर्थिक वर्ष २०७५–७६ मा उच्च शिक्षा अध्ययन गर्नेको सङ्ख्या ४ लाख ८६ हजार थियो ।

सो आर्थिक वर्ष ११ ओटै विश्वविद्यालय र अन्तरगतका क्याम्पसहरूमा अध्ययनरत विद्यार्थीहरू मध्ये त्रिविमा ४ लाख १५ हजार ४८२, काठमाडौं विश्वविद्यालयमा १६ हजार ४३६, पूर्वाञ्चल विश्विविद्यालयमा ४६ हजार १९०, पोखरा विश्वविद्यालयमा ३० हजार ७४९, मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ५ हजार ७२१, नेपाल संस्कृत विश्वविद्यालयमा २ हजार ७९१, सुदुर पश्चिमाञ्चल विश्वविद्यालयमा १० हजार ११३, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ३ हजार ८७१ खुल्ला विश्वविद्यालयमा ६८०, राजर्षि जनक विश्वविद्यालयमा १९१ र लुम्बिनी बौद्ध विश्वविद्यालयमा ७१३ विद्यार्थीले अध्ययन गरेका थिए । यसैगरी, ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ हजार २४७ जना विद्यार्थी अध्ययनरत रहेका थिए ।

सो आर्थिक वर्ष त्रिवि र अन्य विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको सङ्ख्या क्रमशः ७७.० प्रतिशत र २३.० प्रतिशत पुगेको थियो । छ । य ो प्रतिशत गत आर्थिक वर्षमा ८१.० प्रतिशत र १९.० प्रतिशत रहेको थियो । यसरी हेर्दा आर्थिक वर्ष २०७६–७७ मा त्रिविमा अध्ययन गर्ने विद्यार्थीको संख्या ४.० प्रतिशतले घटेर अन्य विश्वविद्यालयमा पढ्नेको संख्या बढेको देखिएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७७–७८ मा सबै विश्वविद्यालय र अन्तर्गतका क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा १.८ प्रतिशतले बढेर ५ लाख ५६ हजार ७ सय ९७ पुगेको छ । आर्थिक वर्ष २०७६–७७ मा यो सङ्ख्या ५ लाख ४७ हजार मात्र थियो ।

सबै विश्वविद्यालय र अन्तरगतका क्याम्पसहरूमा अध्ययनरत विद्यार्थी संख्या यो आर्थिक वर्षमा ५ लाख ५६ हजार ७ सय ९७ हजार पुगेको छ । सो मध्ये त्रिविमा ४ लाख २२ हजार ६५३, काठमाडौं विश्वविद्यालयमा १६ हजार ८४७, पूर्वाञ्चल विश्विविद्यालयमा ४८ हजार ८५८, पोखरा विश्वविद्यालयमा ३२ हजार ४८४, मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ८ हजार ६५६, नेपाल संस्कृत विश्वविद्यालयमा ३४९, सुदुर पश्चिमाञ्चल विश्वविद्यालयमा १३ हजार ८७३, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ४ हजार ४२७ खुल्ला विश्वविद्यालय ९६९, राजर्षि जनक विश्वविद्यालयमा ३९९ र लुम्बिनी बौद्ध विश्वविद्यालयमा १ हजार ११ विद्यार्थी अध्ययनरत छन् । यसैगरी ५ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ हजार ५७१ जना विद्यार्थी अध्ययनरत छन् । उच्च शिक्षामा अध्ययनरत विद्यार्थीमध्ये त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको सङ्ख्या क्रमशः ७६.९ प्रतिशत र २३.१ प्रतिशत पुगेको छ ।

पाँच वर्षमा कति विद्यार्थी विदेशिए

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अनुमतिपत्र शाखाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२–७३ मा ३२ हजार ४८९ जनाले, आव २०७३–७४ मा ५० हजार ६५९ जनाले, आव २०७४–७५ मा ५८ हजार ७५८ जनाले,आर्थिक वर्ष २०७५–७६ मा ५३ हजार २ सय ५९ जनाले छात्रछात्राले विदेशी विश्वविद्यालयमा अध्ययनका लागि नो अब्जेक्सन लेटर (एनओसी) लिएका थिए ।

सरकारले कोरोना महामारीका कारण आव २०७६–७७ को फागुनदेखि एनओसी दिन बन्द गर्यो । उक्त अवधिमा पनि ३४ हजारहजार ९४ ले एनओसी लिएका थिए । त्यसैगरी एनओसी खुला गरिएपछिको आव २०७७–७८ मा कुल २७ हजार ९ सय ७८ ले एनओसी लिएको शाखाको तथ्यांकमा उल्लेख छ । त्यसैगरी आव २०७८–७९ मा एक लाख १४ हजार जनाले एनओसी लिएका थिए ।

एनओसी शाखा प्रमुख वासुदेव वस्तीका अनुसार नेपालमा उच्च शिक्षा हासिल गरेर अवसर पाउन नसक्नु नै विद्यार्थी विदेसिनुको मुख्य कारण हो। उनले २०७९ साउनदेखि पुस मसान्तभित्र कुल ४५ हजार ९१२ ले ५९ देशका लागि एनओसी लिएका छन् । त्यसैगरी माघमा मात्र ७ हजार ६१८ जनाले नो अब्जेक्सन लेटर लिएको शाखाले जानकारी दियो ।

Thuprai - Books and E-books