Edusanjal

त्रिविले अधिकार नभएका तालिम केन्द्रका प्रमाणपत्रलाई समकक्षता नदिने

त्रिवि पाठ्यक्रम विकास केन्द्रले अधिकार नभएका तालिम केन्द्र तथा संस्थाहरूबाट प्राप्त चिकित्सा शिक्षाका प्रमाणपत्रलाई  समकक्षता नदिने भएको छ ।

फिलिपिन्स लगायत देशका शैक्षिक उपाधि प्रदान गर्ने यस केन्द्रबाट प्रदान गरिएको समकक्षता  गत मंसिर ९ गतेको मान्यता तथा समकक्षता निर्धारण समितिको निर्णयबाट खारेज गरिएको हो ।

यस्ता समकक्षता कतिपय निकायमा पेस भएको भन्ने जानकारीमा आएकाले ती प्रमाणपत्रहरूको समकक्षता  केन्द्रबाट लिई वा नलिई पेस गरेमा पनि त्यस्ता समकक्षता पत्रको कानूनी मान्यता नहुने  केन्द्रले जानकारी दियो ।

कुनै शैक्षिक तह उत्तीर्ण नगरी सो तहभन्दा माथिल्लो तहमा भर्ना भई उत्तीर्ण गरी समकक्षता माग गरेको खण्डमा समकक्षता प्रदान गर्न नसकिने  समितिले निर्णयगरेको केन्द्रले आज एक सूचना जारी गरी जानकारी दियो ।

+2 School
Counseling
Bachelors Portal