After SEE Portal

तालाबन्दी समस्याको समाधान होइनः उपकुलपति बाँस्कोटा

Bridge Course

त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले पदाधिकारी कार्यकक्ष र  मातहतका क्याम्पसमा तालाबन्दी गरेर समस्या समाधान नहुने बताएका छन् ।

ज्ञान गोष्ठी संवाद शृङ्खला–६ द्वारा आयोजित  ‘विश्वविद्यालयको सङ्कटमोचन’ विषयक कार्यक्रममा टेलिफोनबाट सम्बोधन गर्दै उनले राजनीतिक दलका हस्तक्षेपका कारण विश्वविद्यालयको दिनानुदिन  क्ष्यीकरण हुँदै गएको धारणा व्यक्त गरे  । ‘विश्वविद्यालय प्रणालीलाई पुनःनिर्माण गर्नुपर्ने भएको छ । यसको स्वरूप ठूलो भएकाले गुणस्तरीय शिक्षा प्रदान गर्न केही क्याम्पस सार्नुपर्ने देखिन्छ ।’ उनले भने, ‘प्रकारका निर्देशित क्रियाकताल हुँदैमा पदाधिकारी चुप लागेर बस्नु हुँदैन ।’ 

लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा त्रिरत्न मानन्धरले त्रिविलाई तालाबन्दी मुक्त गर्नुपर्ने धारणा राखेका थिए । उनले धने, ‘त्रिविले समय सान्दर्भिक शिक्षा प्रदान गर्न पाठ्यक्रम परिमार्जनलगायत  बजारमुखी कार्यक्रम  उत्पादन गनुपर्छ ।’ 

खुला विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा राजकुमार पोखरेलले राजनीतिक पार्टीको आडमा शिक्षामाथि आक्रमण गरे देशको भविष्य नै खतारामा पर्ने विचार व्यक्त गरेका थिए ।त्रिवि अन्तरर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख प्राडा खड्क केसीले दल वा सोका नेता तथा सङ्गठनमा लागेका व्यक्ति मात्रै माथि बढ्ने परम्परा हाबि हुँदै जाँदा योग्य व्यक्ति पछि पर्दै गइरहेका गुनासो व्यक्त गरे ।

त्रिविका पछिल्ला २ सय दिन विभिन्न समूहका तालाबन्दीमा  बितिरहेको छ । अहिले पनि विभिन्न विभाग तथा कार्यालयमा ताला लगाइएको छ। कहिले विद्यार्थी संगठन, कहिले प्राध्यापकको मागको सन्दर्भमा, कहिले अस्थायी वा करार शिक्षकका नाममा त्रिविका आधा दर्जन कार्यकक्षा तालाबन्दीको सिकार छ ।

तालाबन्दीका कारण कर्मचारीलाई पनि हाइ सन्चो भएको छ । कर्मचारीहरूले यस अघि नै निर्वाध रुपमा काम गर्न पाउनुपर्छ भन्दै सार्वजनिक  अपिल समेत गरिसकेका छन् ।त्रिविमा  कतिपय ठाउँमा  विद्यार्थीले उत्तरपुस्तिाका  नक्कल गर्न नपाउँदा शिक्षकलाई चोटपटक लाग्ने गरी कुटपिट हुँदा समेत ती विद्यार्थी सम्बद्ध राजनैतिक दल मौन नै देखिन्छन् । सार्वजनिक स्थलमा नै प्राध्यापकलाई कालोपोत्ने वातावरणमा सही सिकाइ हुने नसक्ने हुँदा त्रिविको शैक्षिक वातावरण धििलँदै गएको प्राध्यापक विनोद जोशी बताउँछन् ।  त्रिविअन्तर्गत देशभर ६० बढी आंगिक क्याम्पस, १ हजार बढी सम्बन्धन प्राप्त क्याम्पस भएकोले पनि समस्या जटिल भएको प्राडा मानन्धर बताउँछन् । ‘विश्वविद्यालयलाई संघीय बनाउनुपर्छ’ उनी भन्छन्, ‘त्रिविको रिमोडल गर्न जरुरी छ।’ 

देश बिर्गान खोज्नेले उक्त देशको शिक्षालाई आक्रमण गर्ने प्राध्यापक  राजकुमार पोखरेलले  बताए । ‘त्रिविमा २०४७ देखि नै समस्या सुरु भएको हो ।’ उनले भने, ‘त्रिवि सुधारको विषय दुईपक्षीय वार्ताबाट मात्रै समस्या समाधान हुन्छ।’

A Levels MA
Thuprai - Books and E-books