After SEE Portal

एक हप्ता पछि अनलाइनबाटै एनओसी (निर्देशिका सहित)

Bridge Course

वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) अनलाइनबाटै प्रिन्ट गर्न मिल्ने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय विदेश अध्ययन अनुमति शाखाले अनलाइनबाटै एनओसी जारी गर्ने तयारी गरिएको जनाएको हो।

एपीआई मोडल अन्र्तगत सरोकारवाला शैक्षिक संस्थाहरूको एपीआई इन्ट्रिग्रेड गरी आवेदकले सबमिट गरेका कागजातहरूका आधारमा अटोनोमस भेरिफिकेसन गर्ने वैदेशिक अध्ययन अनुमति शाखाले जानकारी दियो ।

विद्यार्थीले वैदेशिक मुद्राको सटही सुविधा लिए–नलिएको विवरण बैंक तथा वित्तीय संस्थाहरूले उनीहरूलाई उपलब्ध गराएको युजर एकाउन्ट डिटेल्स् प्रयोग गरी अनलाइन नै सबमिट गर्ने व्यवस्था गरिएको शाखाले जानकारी दियो ।

यसका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई अभिमुखीकरण गर्ने कार्य सम्पन्न भएको र उनीहरूको मागअनुसार यूजर म्यानुअल समेत तयार गरेको शाखाले जानकारी दियो ।

नेपाल राष्ट्र बैंकले अनलाइन एनओसीको आधारमा विद्यार्थीलाई विदेशी मुद्रा सटही सुविधा दिनको लागि सर्कुलर गरेको छ । “शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९’ बमोजिम उक्त मन्त्रालयले व्यवस्था गरेको पोर्टल प्रयोगमा आएपश्चात् बैंक तथा वित्तीय संस्थाले सोही पोर्टलमा उलपब्ध वैदेशिक अध्ययनको स्वीकृति (नो अब्जेक्सन सर्टिफिकेट) सम्बन्धी विवरण यकिन गरी सटही सुविधा उपलब्ध गराउनुपर्नेछ”, एकीकृत परिपत्रमा भनिएको छ ।

वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९

A Levels MA