After SEE Portal

आजदेखि अनलाइबाटै एनओसी प्रदान गरिने

Bridge Course

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेको वैदेशिक अध्ययन अनुमति शाखाले आजदेखि अनलाइनबाटै वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) जारी गर्ने भएको छ ।

शाखाले सेवा प्रवाहलाई क्यास लेस, फेस लेस र पेपरलेस बनाउने  भन्दै अनलाईनबाट एनओसी जारी गर्ने भएको हो । यसको उद्घाटन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले बिहान ९ः४५ बजे गर्ने शाखाले जानकारी दियो । मन्त्रालयले स्वीकृत गरेको ‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम अनलाईनबाट एनओसी जारी गर्ने लागेको हो ।

निर्देशिकाको दफा ७ को उपदफा (३) र (४) मा सेवाग्राहीलाई विद्युतीय प्रणालीको प्रयोग गरेर वैदेशिक अध्ययन स्वीकृती पत्र डाउनलोड गर्न सक्ने गरी सेवा प्रवाहलाइ क्यास लेस, फेस लेस र पेपरलेस बनाउनुपर्ने व्यवस्था रहेको छ । शाखाले २०७७ साल भदौ १२ गतेदेखि सेमी अनलाइन रुपमा एनओसी प्रदान गर्दे आईरहेको छ ।

एपीआई मोडेल र पोर्टल मोडलको प्रयोग गरी अनलाइनबाटै एनओसी जारी गर्ने शाखाले जानकारी दियो । एपीआई मोडल अन्र्तगत सरोकारवाला शैक्षिक संस्थाहरूको एपीआई इन्ट्रिग्रेड गरी अनलाइन रुपमा आवेदकले प्रविष्ट गरेका कागजातहरूको अटोनोमस भेरिफिकेशन  गरी एनओसी प्रदान गर्ने छ ।

विद्यार्थीले वैदेशिक मुद्राको सटही सुविधा लिए नलिएको विवरण बैंक तथा वित्तीय संस्थाहरूले उनीहरूलाई उपलब्ध हुने युजर एकाउन्ट डिटेल्स् प्रयोग गरी अनलाइनमा नै सबमिट गर्ने व्यवस्था गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले सोही पोर्टलमा उलपब्ध वैदेशिक अध्ययनको स्वीकृति (नो अब्जेक्सन सर्टिफिकेट) सम्बन्धी विवरण यकिन गरी सटही सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

A Levels MA