After SEE Portal

नो अब्जेक्सन लेटर खुला गरिने

Bridge Course

सरकारले वैदेशिक शिक्षाका लागि प्रदान गरिने नो अब्जेक्सन लेटर वितरण कार्य खुला गर्ने निर्णय गरेको छ । भदौ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकाे साे प्रस्तावका बारेमा यस्तो निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका स्वकीय सचिव पुरन केसीले सो जानकारी दिँदै मन्त्रिपरिषद्बाट निर्णय प्रमाणीकरण भए लगत्तै वितरण कार्य खुला गरिने बताए । कोभिड–१९ का कारण गत २०७६ साल फागुन २९ गतेबाट नो अब्जेक्सन लेटर वितरण कार्य स्थगित गरिएको थियो ।

वैदेशिक अध्ययन अनुमति शाखाका प्रमुख दिलनाथ पुरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रमाणीकरण प्राप्त भएपछि यसको व्यवस्थापन गरिने बताउँदै भने, “कोरोना सङ्क्रमणको अवस्था झन् जटिल बन्दै गएको छ । यस्तो अवस्थामा विद्यार्थीको भीड गराएर नो अब्जेक्सन लेटर वितरण गर्ने कुरा सम्भव नहोला । कसरी र कुन विधिबाट वितरण गर्ने भन्ने भोलि छलफल गरेर टुङ्गो लगाउने छौँ ।” उनले अनलाइन विधिबाट आवेदन लिने र वितरण गर्न मात्र विद्यार्थीलाई बोलाउने कार्य गर्ने विधि नै उपयुक्त हुनसक्ने बताए ।

यसैगरी मन्त्रिपरिषद्ले शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यहरूको नियुक्तिको लागि लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा सर्च कमिटी गठन गर्ने निर्णय गरेको छ । आयोगका अध्यक्ष ताना गौतमको म्याद आगामी असोज १८ गते सकिदैछ भने सदस्य ज्ञानी यादवको म्याद गत असार २१ गतेबाट सकिएको हो । अर्का एक महिला सदस्यकाे हालसम्म नियुक्त हुन सकेकाे छैन । आयोगमा एक महिलासहित दुइ जना सदस्य रहने प्रावधान छ ।

A Levels MA
Thuprai - Books and E-books