After SEE Portal

निमाविको प्रवेश पत्र प्रिन्ट गर्न सकिने

Bridge Course

शिक्षक सेवा आयोगबाट निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा (२०७९ को प्रवेशपत्र प्रिन्ट गर्ने  उम्मेद्वारलाई सूचित गरेको छ ।

आयोगबाट  माघ २७ गते प्रकाशित खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन बमोजिम दरखास्त फाराम भर्ने उम्मेदवारहरुले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np/ बाट दरखास्त फाराम रजिष्टर्ड गरिएको Email address  र Password   बाट Login  गरी दरखास्त पेस गरेको विवरणमा click  गरी पुनः view  मा click  गरेर प्रवेशपत्र डाउनलोड गरी प्रिन्ट गर्न सक्ने बताएके छ ।

प्रवेशपत्रको प्रतिलिपि दिने व्यवस्था नभएकोले प्रवेशपत्र सुरक्षित साथ राख्न र परीक्षामा सहभागी हुन आउँदा साथमा अनिवार्य रुपमा ल्याउन  समेत सूचनामा उल्लेख गरेको  ।

यदि आफ्नो  Email address Password  बिर्सिएको अवस्थामा आयोगको दरखास्त पोर्टलमा दिइएको निर्देशन अनुसार गर्न सूचनामा  उल्लेख गरेको छ ।

आयोगले परीक्षा आगामी वैशाख १ गते दिउसो एक बजे सञ्चालन गर्ने गरी विज्ञापन गरेको छ ।  सो परीक्षामा सहभागी हुनका लागि ७८ हजार ४७८ जनाले आवेदन दिएका छन् ।

 

A Levels MA