After SEE Portal

शिक्षा पत्रकार समाजको नयाँ कार्यसमिति

Bridge Course

शिक्षा पत्रकार समाजको आज सम्पन्न दोस्रो साधारणसभाले सर्वसम्मतरूपमा राससका प्रकाश सिलवालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा नेपाल टेलिभिजनका देवीप्रसाद सापकोटा, महासचिवमा गोरखापत्रका शेषकान्त पण्डित, सचिवमा बिबिसी नेपाली सेवाका मतिना त्वनाबसु, कोषाध्यक्षमा शिक्षालय मासिकका श्याम तण्डुकार चयन भएका छन् ।

यसैगरी कार्यसमितिको सदस्यमा रेडियो नेपालका यशोदा अधिकारी, जुपिटर मिडियाका सुनिल आचार्य, कान्तिपुर दैनिकका विद्या राई, रेडियो सगरमाथाका शर्मिला विश्वकर्मा, मधेस दृष्टि दैनिकका सुरेशकुमार यादव, खबरएजुकेशन डटकमका लक्ष्मीप्रसाद ढकाल र इडियु सवाल डटकमका विपिन पोखरेल रहको छन् ।

बन्दसत्रले निवर्तमान कार्यसमितिको साङ्गठनिक र आर्थिक प्रतिवेदन छलफलसहित पारित गरेको छ । समारोहमा शिक्षासेवी र शिक्षा पत्रकारलाई पुरस्कृत गरिएको थियो ।

A Levels MA
Thuprai - Books and E-books