यूरो किड्सका प्रि-स्कूलमा नयाँ पाठ्यक्रम

एशियाको अग्रणी प्रि-स्कूल सञ्जाल यूरो किड्सले प्रि-स्कूलको नयाँ पाठ्यक्रम सुरू गरेको छ। बालबालिकाको सर्वाङ्गिण विकासको लागि दिमाग, शरीर र आत्मालाई सुधार गर्न मद्दत पुग्ने गरी ‘इयुएनओआइए’  नामक पाठ्यक्रमको सुरुवात गरेको हो।

यो पाठ्यक्रमले बालबालिकामा संज्ञानात्मक, प्रभावकारी र कार्यसम्पादनमा आधारित सिप अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘चाइल्ड फर्स्ट’ र ‘जोय अफ लर्निङ’ विचारधाराबाट यो पाठ्यक्रमको डिजाइन गरिएको पाठ्यक्रम विकास प्रमुख डा।अनिता मदानले बताइन् । उनले भनिन्, ‘यो पाठ्यक्रमले बच्चाहरूलाई आफ्ना साथी र शिक्षकहरूसँग अन्तरक्रिया गर्ने धेरै अवसरहरू प्रदान गर्नेछ। यस पाठ्यक्रमले मिश्रित सिकाइ मार्फत, बालबालिकाहरूलाई अन्य बालबालिकाहरूको तुलनामा धेरै नयाँ कुराहरू सिक्ने अवसरहरू प्रदान गर्नेछ।’

सिइयो केभिएस शेषसाई भन्छन्, ‘हामी यो पाठ्यक्रमपेश गर्न पाउँदा धेरै खुसी छौं, जुन नेपालका बालबालिकाहरूको भविष्यका लागि चाहिने सीपहरू हासिल गर्न मद्दत पुग्ने गरीतयार गरेका छौँ। यूरोकिड्समाहामी चाइल्ड फर्स्ट विचारधारामा विश्वास गर्छौं, र हाम्रो ध्यान बालबालिकाको दिमाग, शरीर र आत्माको विकासमा छ जसले तिनीहरूलाई चलाख, उत्तरदायी नागरिक बन्न मद्दत गर्नेछ।’

यस पाठ्यक्रमतीन खण्डमा विभाजित भएको छ,जसमा दिमाग, शरीर र आत्मा समावेश छन्। दुई दशकदेखि एसियाका ३५० भन्दा बढी शहरहरूमा एक हजार दुईसय भन्दा बढी प्रि स्कुलहरूको नेटवर्क बनाएको यस संस्थाले नेपालमा सन् २००८ मा यूरो किड्सको पहिलो केन्द्र स्थापना गरेको थियो। अहिले संघीय राजधानी काठमाडौं लगायत, ललितपुर, काभ्रे, विराटनगर, झापा, धनगढी मा २८ वटा प्रि स्कुलहरू सञ्चालनमा छन्।

Degrees offered in nepal
Counseling
Bachelors Portal