After SEE Portal

एन प्याब्सनको नयाँ घोषणा

Bridge Course

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) ले  एसईई (प्रवेशिका) परीक्षामा जीपीए ४ हासिल गरेका देशभरिका विद्यार्थीलाई स्वर्ण पदक र प्रमाणपत्रले सम्मान गर्ने घोषणा गरेको छ ।

एन प्याब्सनको स्थापना दिवस मनाउन आइतबार राती आयोजित कार्यक्रममा एन प्याब्सनका अध्यक्ष रितुराज सापकोटा र महासचिव सुवास न्यौपानेले सो घोषणा गर्नुभएको हो । आफ्ना सदस्य विद्यालयमा अध्ययन गरेका त्यस्ता विद्यार्थीले मात्र स्वर्ण पदक प्राप्त गर्नेछन् ।

त्यस्तै सेफ स्कुल नेपाल र नाडासँगको सहकार्यमा सुरक्षित विद्यालय अभियान पहिलो चरणमा राजमार्ग नजिकका २१ सदस्य विद्यालयबाट सुरु गर्ने योजना सार्वजनिक गरिएको छ । यो योजनालाई क्रमशः अन्य क्षेत्रमा पनि विस्तार गर्ने बताइएको छ ।

एन प्याब्सनले एपको थालनी पनि गरेको छ । सो संस्थाका अध्यक्ष सापकोटाले आफूहरुले दुई वर्षअघिदेखि विद्यार्थी दुर्घटना विमा कार्यक्रम, गत वर्षदेखि शिक्षक कर्मचारी औषधोपचार विमा कार्यक्रम र विद्यार्थीको निःशुल्क आँखा जाँच कार्यक्रमले पनि निरन्तरता पाइरहेको बताउनुभयो । एन प्याब्सन २०५४ सालमा स्थापना भएको हो ।

A Levels MA