After SEE Portal

नेविसंघद्वारा त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयमा तालाबन्दी

Bridge Course

त्रिभुवन विश्‍वविद्यालयको व्‍यवस्थापन संकाय डिन कार्यालयमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ । त्रिविबाट सम्बन्धन प्राप्त क्याम्पसहरुले छात्रवृत्तिका नाममा विद्यार्थीबाट रकम असुलेको भन्‍दै आज व्‍यवस्थापन संकायको डिन कार्यालयमा तालाबन्दी गरेको हो।

काठमाडौंका अधिकांश क्याम्पसले छात्रवृत्तिको नाममा विद्यार्थीबाट २ लाख देखि ५ लाखसम्म असुली गरेकोप्रति आपत्ति जनाउँदै तालाबन्दी गरेको नेविसंघद्वारा आज जारी गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।।

यस्तै देशभरिका सम्पूर्ण क्याम्पसहरुबाट शतप्रतिश छात्रवृति पाउने विद्यार्थीहरुको अघिल्लो दुईवटै शैक्षिक सत्रका र यस शैक्षिक सत्रका विद्यार्थीहरुको नाम सार्वजनिक गर्नसमेत नेविसंघले माग गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books