A Levels MA

राष्ट्रिय प्याब्सनको अध्यक्षको उम्मेदवारीमा न्यौपानेको घोषणा

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (राष्ट्रिय प्याब्सन)को अध्यक्ष पदमा सुवास न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् । उनी वर्तमान कार्यसमितिमा महासचिव हुन् ।

अधिवेशन फागुन २२ र २३ गते नेपालगन्जमा हुँदै छ । 

उनले कम्पनीअन्तर्गतको निजी स्वामित्वको संरक्षण गर्न, शैक्षिक लगानीलाई मैत्रीपूर्ण वातावरण सिर्जना गर्न, निजी विद्यालयका समस्या र मुद्दालाई निष्कर्षमा पुर्याउन, प्राकृतिक विपतलाई राहत कोषलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्न, आफ्नै केन्द्रिय कार्यालय भवन निर्माण गर्न लगायत आफ्ना कार्ययोजना अगाडि सारेका छन् ।

२०५४ सालबाट निजी विद्यालयमा आवद्ध भएका न्यौपानेले २०६० सालमा राष्ट्रिय प्याब्सनको सदस्यता लिएका हुन् । हाल एपेक्स लाइफ स्कुलका कार्यकारी निर्देशकको जिम्मेवारीमा छन् ।

घोषणा कार्यक्रममा राष्ट्रिय प्याब्सनका पूर्व अध्यक्ष कर्णबहादुर शाही, कोषाध्यक्ष प्रताप थापा लगायतले न्यौपानेको समर्थन व्यक्त गरेका थिए ।

Thuprai - Books and E-books