A Levels MA

विद्यालय तहको खुद भर्नादर वृद्धि (आर्थिक सर्वेक्षणसहित)

शैक्षिक सत्र २०७९ मा हरेक तहको खुद भर्नादरमा वृद्धि भएको छ। आधारभूत तह (कक्षा १–५) मा खुद भर्नादर ९७.१ प्रतिशत, आधारभूत तह (कक्षा १–८) मा ९६.१ प्रतिशत र माध्यमिक तह (कक्षा ९–१२) मा ५७.४ प्रतिशत पुगेको छ।

शैक्षिक सत्र २०७८ मा क्रमशः ९६.९ प्रतिशत, ९५.१ प्रतिशत र ५४.३ प्रतिशत रहेको थियो।

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ तथा नियमावली, २०७७ को कार्यान्वयन, विद्यालय भर्ना अभियान, शिक्षामा बढ्दो सरकारी तथा निजी लगानी र स्थानीय सरकारको प्रत्यक्ष निगरानीका कारण खुद भर्नादरमा सुधार हुँदै गएको सरकारले अहिले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७८–८०मा उल्लेख गरेको छ।

 शैक्षिक सत्र २०७९ मा कक्षा १ मा खुद प्रवेश दर ९५.९ प्रतिशत रहेको छ । गत शैक्षिक सत्रमा यस्तो दर ९६.३ प्रतिशत रहेको सर्वेक्षणम उल्लेख गरिएको छ ।

 प्रारम्भिक बालविकास कक्षामा बढी वर्ष बिताउने प्रवृत्तिले खुद प्रवेश दरमा कमी आएको छ ।

टिकाउदर पनि बढ्यो

 पछिल्ला वर्षहरूमा विद्यार्थीको टिकाउ दर क्रमशः बढ्दै गएको छ । शैक्षिक सत्र २०७९ मा कक्षा ८ सम्मको टिकाउ दर ८५.७ प्रतिशत कक्षा १० सम्मको टिकाउ दर ६७.३ प्रतिशत र कक्षा १२ सम्मको टिकाउ दर ३५।६ प्रतिशत पुगेको छ।

महिला शिक्षक पनि बढे

पछिल्ला वर्षमा कुल शिक्षकमा महिला शिक्षकको अनुपात बढ्दै गएको छ। यद्यपि, माध्यमिक तहमा यस्तो अनुपात तुलनात्मक रूपमा न्यून रहेको छ ।

आधारभूत तहमा कुल शिक्षकमध्ये महिला शिक्षकको अनुपात शैक्षिक सत्र २०७८ मा ४६.५ प्रतिशत रहेकोमा शैक्षिक सत्र २०७९ मा ४७.२ प्रतिशत पुगेको छ ।

 माध्यमिक तहमा भने यस्तो अनुपात शैक्षिक सत्र २०७८ मा २०.४ प्रतिशत रहेकोमा शैक्षिक सत्र २०७९ मा घटेर १७.४ प्रतिशत रहेको छ । पछिल्ला वर्षहरूमा माध्यमिक तहका लागि भएको शिक्षक सेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षाबाट सिफारिश हुने महिला शिक्षकको सङ्ख्या तुलनात्मकरूपमा न्यून रहेको कारण माध्यमिक तहमा महिला शिक्षकको अनुपात घट्न गएको हो ।

ब्रेडव्याण्ड इन्टरनेट सेवा ५ हजार हजार ३१८ सामुदायिक विद्यालयमा विस्तार गरिएको छ ।

आर्थिक सर्वेक्षणको मुलपाठः

शिक्षासम्बन्धी सर्वेक्षणः

Thuprai - Books and E-books