A Levels MA

नेपाल राष्ट्र बैंकले त्रिविका विद्यार्थीलाई शोधवृत्ति फेलोसिप प्रदान गर्ने

नेपाल राष्ट्र बैंक र त्रिभुवन विश्वविद्यालयबीच प्राज्ञिक शोध तथा अनुसन्धान शोध वृत्तिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

अर्थशास्त्र र व्यवस्थापन केन्द्रीय विभागमा स्नातकोत्तर तहका पाँचपाँच जना र एमफिल र विद्यावारिधी तर्फका दुईदुई जना विद्यार्थीले शोधपत्र तयार गर्ने प्रयोजनका निम्ति वार्षिक शोधवृत्ति (फेलोसिप) प्रदान गर्ने भएको हो ।

‘शोधपत्र तयार गर्ने प्रयोजनका निम्ति बैंकले बार्षिक रूपमा शोधवृत्ति फेलोसिप उपलब्ध गराउनेछ । साथै, बैंकमा उपलब्ध हुने इन्टर्नसिपको अवसरमा विश्वविद्यालयको स्नातकोत्तर तहका विद्यार्थीलाई प्राथमिकता दिइने’ गर्भनर कर्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बैंक को तर्फबाट भर्नर महाप्रसाद अधिकारी व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे तथा त्रिभुवन विश्वविालय, अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा शिवराज अधिकारी र व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्राडा रामजी गौतमले हस्ताक्षर गरेको  विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सो अवसरमा गभर्नर अधिकारीले बैंक र विश्वविद्यालयबीचको समझदारी आफैमा सकारात्मक सुरुआत रहेको बताए । यो सहकार्यले प्राज्ञिक शोध अनुसन्धानमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कामु कार्यकारी निर्देशक घिमिरेले उक्त समझदारीले शोध अनुसन्धान कार्यमा सहकार्य हुने, ज्ञान आदानप्रदानमा टेवा पुग्ने तथा अनुसन्धानबाट महत्वपूर्ण नीतिगत स्रोत सामग्री उपलब्ध हुने विश्वास व्यक्त गरे। साथै, बैंकले अन्य विश्वविद्यालयसंग पनि यस्तो सहकार्य गर्ने बैंकको नीति रहेको उनले जानकारी दिए ।

कार्यक्रममा अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा अधिकारीले उक्त समझदारीसँगै विश्वविद्यालयको अनुसन्धान कार्यको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।

यसै गरी, व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रा।डा। गौतमले बैंक र विश्वविद्यालयबीचको समझदारीलाई परिणाममुखी बनाउनुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा डेपुटी गभर्नरद्वय डा।नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिध, गभर्नरको कार्यालयका कार्यकारी निर्देशक डा नेफिल मातङ्गि मास्केलगायत बैंकका अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।

Thuprai - Books and E-books