After SEE Portal

नेपाल राष्ट्र बैंकबाट (क) वर्गको   इजाजत पाएका बैंकमा खाता खोले विपन्न लक्षित छात्रवृत्ति पाइने

Bridge Course

विगतका वर्षमा कार्यान्वयनमा आएर पनि पूर्ण रुपमा सफल हुन नसकेको विपन्न लक्षित छात्रवृत्ति कार्यान्वयनका लागि  शिक्षा तथा मानव स्रोत विकास केन्द्रले केही लचिलो नीति अवलम्बन गर्ने भएको छ ।

बैङ्क खाता नै नभएर छात्रवृत्ति पाउनबाट बञ्चितहुँदै आएका विद्यार्थीका लागि केन्द्रले नेपाल राष्ट्र बैंकबाट (क) वर्गको बैंकको रुपमा मान्यता प्राप्त पायक पर्ने जुनसुकै बैंकमा खाता खोल्न सक्ने नियम बनाएको छ ।

केन्द्रको  शैक्षिक सत्र २०७९ मा कक्षा ९ र ११ मा विपन्न लक्षित छात्रवृत्ति पाउनयोग्य विद्यार्थीहरुलाई पायक पर्ने बैंकमा खाता खोली सोको विवरण शिक्षा तथा मानव स्रोत विकास केन्द्रको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा अद्यावधिक गर्नका लागि निर्देशन दिएको थियो ।

विद्यालयले कार्तिक एक देखि कार्तिक मसान्तसम्म योविवरण अद्यावधिक गर्न एक्सेस  प्रदान गरिने केन्द्रको जानकारी दियो ।

विपन्न लक्षित छात्रवृत्ति पाउनयोग्य विद्यार्थीहरुले  खाता खोली सोको विवरण अध्ययनरत विद्यालयमा पेश गर्नु पर्ने  तर सहकारी संस्थामा खोलेको खाताले  भने मान्यता नपाउने केन्द्रले जानकारी दिए ।

फारम भरेको विद्यालयभन्दा अन्यत्र स्थानान्तरण भई अध्ययन गरिरहेको विद्यार्थीहरुको हकमा फारम भरेको विद्यालयबाट स्थानान्तरण भएको परिचयपत्र, कक्षा ८ र १० को लब्धांक पत्र प्राप्त गरी बैंक खाता नम्बर सहित अध्ययनरत विद्यालयमा विवरण पेश गर्नु पर्ने केन्द्रले जानकारी दियो ।

विद्यालयले स्थानान्तरण भएका विद्यार्थीको विवरण सम्बन्धित स्थानीय तहको शिक्षा शाखामा पेश गर्नुपर्ने छ ।

स्थानीय तहको शिक्षा शाखाले पेश भएको विवरण रुजु गरी एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा विद्यार्थीको बैंक खाता विवरण , स्थानान्तरण भएको विद्यार्थी भएमा अघिल्लो विद्यालयको विवरण रजिष्ट्रेशन नम्बर र हाल सामुदायिक विद्यालयमा अध्ययन गरिरहेको भन्ने व्यहोरा अद्यावधिक गराउनु पर्ने छ ।

इमिसमा भरिएको नाम र बैंक खातामा भएको नाम फरक पर्न गएमा ती विद्यार्थी एकै हुन भनेर विद्यालयबाट सप्रमाण पेश गर्दा मात्र स्थानीय तहले थप विवरण प्रविष्टि गर्न सक्नेछ । यस्तो अवस्था आएर विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्न नसकेमा सम्बन्धित विद्यालय जवाफदेही हुनेछ ।

A Levels MA