After SEE Portal

नत अभिभावकलाई चासो, नत शिक्षकलाई अलपत्र इ–हाजिरी

Bridge Course

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २०७५ साल आसोज १ गते अभियानका रुपमा सञ्चालन गरिएको विद्युतीय (इ–हाजिरी) हाजिरी मेसिन अहिले अलपत्र परेका छन् ।

नगरभित्रका सामुदायिक शिक्षकलाई नियमित उपस्थिति गराई शैक्षिक गुणस्तर उकास्ने उद्देश्यका साथ १८ ओटा माध्यमिक विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरी मेसिन एक वर्ष नपुग्दै प्रयोग विहीन बन्न पुगे ।

तामझामका साथ जडान गरिएको विद्युतीय हाजिरी केही विद्यालयमा छ–सात महिना नपुग्दै बिग्रिए । पुनः मर्मत संहार भएन त्यसै थन्किए । मर्मत संहार तथा टिकाउ पनको जिम्मा नत स्थानीय सरकारले लियो नत विद्यालयले । लाखौंका सामान त्यसै अलपत्र बनें । अधिकांश विद्युतीय हाजिरी कोभिडको निहुँमा बन्द गरिएको आफू पुरै समय विद्यालयमा बस्न नसक्ने हुँदा शिक्षकले बनाउन चासो नदिएको अभिावकको आरोप छ ।

अभिभावक तथा जनताले नै तिरेको करबाट किनिएका लाखैंका मेसिन प्रयोग विहीन भएर खेर गए पनि त्यसको संरक्षण तथा मर्मत संहारका लागि न त अभिभावक नै जागरुक भएका छन् नत सामुदायिक विद्यालयको व्यवस्थापनको जिम्मा पाएको स्थानीय सरकारलाई नै मेसिन प्रयोग भएको छ कि छैन अवगत छ ।

शिक्षकलाई नियमित गराउन भन्दै लाखैं बजेट स्वाहः पारेको स्थानीय सरकारले नै वास्ता नगरपछि विद्यालयले पनि उक्त मेसिन मर्मत संहार गर्न चासो देखाएका छैनन् ।

अभिभावकलाई भने यस विषयमा चासो नै छैन । अधिकांश अभिभावकलाई मेसिनमा धुलो रु माकुराको जालो लागेको समेत बोध नभएको दसैं मनाउन भक्तपुरबाट दिक्तेलस्थित पञ्चमाध्यमिक विद्यालयमा पुगेका स्थानीय भिम बहादुर तामाङ बताउँछन् । अभिभावकले विद्यालयको सम्पत्ति संरक्षणमा चासो नदिँदा कर्मचारीलाई मस्ती भएको उनी गुनासो गर्छन् ।

सो विद्यालयमा जडान गरिएको ‘विद्युतीय हाजिरी मेसिनले एक वर्ष पनि काम गर्न सकेन। विद्यालयमा शिक्षकलाई दिनभरि टिकाइ राख्न भनेर जडान गरिएको मेसिन बिग्रिएको भनेर विद्यालयले स्थानीय सरकारलाई जानकारी समेत दिएका छैनन् । स्थानीय सरकारले पनि हाजिरी पुस्तिकामा गरिएको हाजिरीलाई नै प्रमाणित गरी तलब निकासा गर्दै आएको छ ।

पञ्च माविमा मात्र होइन नगरपालिका भित्र १५ ओटा विद्यालयमा जडान गरिएको उक्त मेसिन एक वर्ष नपुग्दै बिग्रिएर बसेका छन् । पञ्च माविका प्रधानाध्यापक भवकृष्ण ढकालले विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरी मेसिन एक वर्ष सम्म पनि प्रयोगमा नआएको बताउँछन् ।

त्यस्तै वडा नं १२ जाल्पास्थित ज्योति माविमा विसं २०७६ देखि विद्युतीय हाजिरी चलेका छैन।

वडा नं १५ विजयखर्कस्थित चम्पावती माविमा जडान गरेको करिब डेढ वर्षदेखि विद्युतीय हाजिरीले काम नदिएको विदालयले जानकारी दियो ।

कमसल खालको उपकरण जडान गरेकाले विद्युतीय हाजिरीको उपकरण हाल बिग्रिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए।

“कतै चल्छन्, कतै चल्दैनन्। सबै विद्यालयमा जडान गरिएका विद्युतीय हाजिरीको उपकरण कमसल भएको पाइएको छ”, उनले भने, “बिक्री गर्ने कम्पनी र नगरपालिकाबीच कस्तो सम्झौता भएको रहेछ भनेर हेर्दैछौँ। यदि घोटला भएको ठहर भएमा कारबाही हुन्छ।”

A Levels MA