Bachelors Portal

शैक्षिक क्षेत्रलाई प्रविधिमैत्री बनाऊ

Managed Admission 2022

रुपन्देही, २९ मङ्सिर (रासस) ः प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले शैक्षिक क्षेत्रलाई प्रविधिमैत्री बनाउन जरुरी रहेको बताउनुभएको छ ।  

 नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ प्रदेश नं ५ को प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा मन्त्री बरालले कागजका पाठ्यपुस्तक परिवर्तन गरी डिजिटल प्रणालीमा जानुपर्ने बताउनुभयो ।  

 मुलुकमा प्रविधिको विकास बढ्दै गएकाले विद्यालयका पाठ्यपुस्तक अब कागजमा मात्रै सीमित हुन नहुने बताउनुभयो । उहाँले पुरानो शिक्षा प्रणालीलाई परिवर्तन गरी शैक्षिक गतिविधि सुदृढ गर्न सबैको सहकार्य जरुरी रहेको बताउनुभयो ।  कार्यक्रममा पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष हरि अर्यालले सरकारले आफ्ना योजना र कार्यक्रम सञ्चालन गर्दा निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताउनुभयो ।  

 कार्यक्रममा महासङ्घका संस्थापक अध्यक्ष कृष्ण पाण्डे, केन्द्रीय सदस्य सदीक्षा केसी, प्रदेश संयोजक दिवाकर घिमिरे, व्यवसायी टङ्क पोखरेल, त्रिलोचन ज्ञवाली, खिमनारायण पराजुलीले शैक्षिक क्षेत्रको विकासका लागि सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । 

Select college / campus