विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज तथा कार्यक्रमलाई नियमन गर्न छुट्टै ऐन बनाउन विज्ञ समितिले सुझाएको छ ।
प्राडा बिनिल अर्यालको संयोजकत्वमा गठित विज्ञ उप समितिले विद्यमान ऐन तथा कानुनहरूमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरूको सम्बन्धमा कतै पनि ठोस रूपमा कानुनी व्यवस्था नभएको समेत ठहर गरेको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिकाको आधारमा विदेशी कार्यक्रम सञ्चालन गर्न अनुमति दिदैँ आएको छ ।
सुशासन ऐन २०६४ को दफा ४५ मा टेकेर सरकारी कार्यालयको काम कारबाहीलाई प्रक्रियागत ढङ्गबाट छिटो, छरितो र मितव्ययीरूपमा सञ्चालन गर्न वा कार्य सम्पादन गर्न आवश्यक निर्देशिका वा दिग्दर्शन बनाई लागू गर्न सक्नेछ भन्ने व्यवस्थालाई वैकल्पिक व्यवस्थाको रूपमा राख्न सकिने समेत उप समितिले सुझाएको छ ।