After SEE Portal

स्नातक पास नगरी स्नातकोत्तरमा भर्ना हुनु पर्ने !

Bridge Course

त्रिभुवन विश्वविद्यालयले स्नातक तहको नतिजा नै सार्वजनिक नगरी स्नातकोत्तर तहका लागि भर्ना आवेदन खुला गरेको छ । बार्षिक प्रणाली अन्तर्गतका चार वर्षे बीएड र बीबीएसको नतिजा नै सार्वजनिक नगरी स्नातकोत्तर तहको भर्नाका लागि विज्ञापन गरेको हो ।

त्रिविलेस्नातकोत्तर तहमा मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गका क्याम्पसमा भर्ना आह्वान गरेको छ ।

त्रिविले पुस ६ देखि माघ ५ गतेसम्म आवेदन फाराम वितरण तथा बुझाउने मिति तोकिएको छ । माघ २२ गतेदेखि पढाइ सञ्चालन गरिने त्रिविले जनाएको छ। प्रवेश परीक्षा सम्बन्धित डिन कार्यालयले आफू अनुकूल निर्धारण गर्न सक्ने त्रिवि शिक्षाध्यक्षको कार्यालयले जानकारी दियो ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार स्नातकोत्तर तहमा भर्ना फाराम भर्ने अन्तिम दिनसम्ममा नियमिततर्फका सबै विषय र संकायका नतिजा सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

A Levels MA
Thuprai - Books and E-books