After SEE Portal

आलोपालो विद्यालय बालबालिकालाई पुर्याउँदै आमाहरु

Bridge Course

ललितपुरको महालक्ष्मीस्थान नगरपालिका स्थित विद्यापुञ्ज इङ्लिस बोर्डिङ स्कुलले गत असोजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन गराउँदै आएको छ । सो विद्यालयमा भक्तपुरको विभिन्न स्थानका बालबालिका अध्ययनका लागि जाने गरेका छन् ।

कोरोनाको संक्रमणका कारण विद्यालयले गाडीमा बालबालिकालाई आवत जावत गराउन नसकेपछि आमाहरु आलोपालो गरेर आफ्ना छोराछोरीलाई विद्यालय लाने र ल्याउने गरेका छन् । 

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १ बाट दैनिक ३०–४० जना बालबालिका सो विद्यालयमा अध्ययन गर्न जाने गरेका छन् । सबै बालबालिकालाई दैनिक तीन जना अभिभावकले विद्यालय लाने र ल्याउने गरेका छन् ।

भौतिक उपस्थितिमा गत असोज देखि पठनपाठन सुरुगरेपछि आलोपालो भक्तपुरको दधिकोटबाट विद्यालयय बालबालिकालाई पुर्याउँदै आमाहरु ।
A Levels MA