अधिकांश शिक्षक नै पाठ्यवस्तुु समायोजन ढाँचाप्रति स्पष्ट छैनन

Thuprai - Books and E-books

कोभिड १९ का कारण विद्यालयमा प्रत्यक्ष कक्षा सञ्चालन हुने अवस्था सिर्जना हुन नसकेपछि सरकारले लागु गरेको पाठ्यवस्तुु समायोजन ढाँचा, २०७७ प्रति अधिकांश शिक्षक नै स्पष्ट नभएको पाइएको छ ।

शिक्षकका निर्देशनमा अभिभावक, माथिल्लो कक्षाका विद्यार्थी, स्थानीय विज्ञ तथा अन्य साञ्चारिक माध्यमबाट सिक्न सक्न पाठ्यवस्तुु छुट्याई द्रुत सिकाइका माध्यमले छोटो अवधिमा पनि न्यूनतम सिकाइ उपलब्धि हासिल गर्ने विषय छनोट गरी संकुचन गरिएको पाठ्यक्रम अधिाकांश विषय शिक्षकले नै पढाउनु नपर्ने भनी विद्यार्थीलाई पढ्न नै उत्प्रेरित नगरेको पाइएको हो ।

राजधानी आसपासका केही विद्यालयले समयमा नै भर्चुअल तथा घरदैलो शिक्षण गरेका कारण सबै पाठ्यक्रम कार्यान्वयन गरेको भए पनि अधिकांश विद्यालयले संकुचन गरिएको पाठ्यवस्तु मात्र पढाउनु पर्ने बुझाइएका कारण विद्यार्थीलाई पढ्न पनि उत्प्रेरित नगरेको शिक्षकहरु बताउँछन् ।

‘हामीले पाठ्यक्रममा भएको लम्बीय तथा समतलीय सम्बन्ध भएका पाठ्यवस्तु भर्चुअल तथा वैकल्पिक माध्यमबाट पढाएका छैनौं ।’ बैकल्पिक माध्यमबाट शिक्षण गर्दै आएका ती शिक्षकले भने, ‘विषय विज्ञ, पाठ्यक्रम विज्ञ र शिक्षक मिलेर तयार गरिएको बैकल्पिक पाठ्य सामग्री मात्र पढाएका हौं, विधा शिक्षणका लागि छनोट गरिएका प्रतिनिधि पाठ बाहेक अन्य पढाएका छैनौं ।’

प्रतिनिधि शिक्षक बाँहेक अधिकांश स्थानीय तहका शिक्षा शाखाका कर्मचारीलाई पनि पाठ्यक्रम संकुचन गरिएका थोरै विषय मात्र पढाउनु पर्ने बुझाइका कारण हामीले पनि खासै चासो नदिएको बताउँछन् ।

यता पाठ्यक्रम विकास केन्द्रले भने, पाठ्यक्रमका सबै पाठ्यवस्तु कार्यान्वयन गर्न पर्ने जानकारी दियो केन्द्रका अनुसार पाठ्यक्रमले समेटेका विषय शिक्षकका निर्देशनमा अभिभावक, माथिल्लो कक्षाका विद्यार्थी, स्थानीय विज्ञ तथा संचार माध्यमबाट कार्यान्वयन गर्न सकिने छ ।

पाठ्यक्रमले निर्धारण गरेका सक्षमता र सिकाइ उपलब्धिका आधारमा शिक्षकले पाठ्यपुस्तकका पाठ्यवस्तुुका आधारमा वा पाठ्यवस्तुु निर्धारण गरेर कक्षाकोठामा सिकाइ प्रव्रिmयालाइ निरन्तरता दिनुपर्छ । ‘पाठ्यक्रमले सिकाइका मुख्य क्षेत्र निर्धारण गरेको हुन्छ र तिनलाई ज्ञान, सिप, अभिवृत्ति, मूल्य र तत्परता विकासका दृष्टिले संयोजन गरिएको हुन्छ ।’ केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले भने, ‘विश्वमा कोभिड १९ को सङ्क्रमणका शैक्षिक वर्ष २०७७ मा विद्यालयमा सहज शिक्षण हुन सकेको छैन । महामारीका कारण विद्यालय बन्द भए तर सिकाइको ढोका बन्द हुँदैन र बन्द गर्न पनि सकिँदैन । शिक्षकको शिक्षण रणनीति र कौशलको उपयोग गरी वैकल्पिक सिकाइ, गृह शिक्षा वा घरैमा बसेर गरिने सिकाइ, रेडियो पाठशाला, टेलिभिजन शिक्षण र भर्चुअल कक्षाका माध्यम तथा समय परिस्थिति र महामारीका अवस्थाअनुसार प्रत्यक्ष सिकाइका माध्यमबाट विद्यार्थीमा न्यूनतम सिकाइ उपलब्धि हासिल गराउनु पर्छ ।’

पाठ्यक्रमका सिकाइ उपलब्धि पूरा गर्न शिक्षकले विद्यार्थीको रुचि, आवश्यकता र क्षमताअनुकूलका पाठ्यवस्तुुको निर्धारण गरी उपयुक्त शैक्षिक सामग्री र शिक्षण विधिका माध्यमले विद्यार्थीलाई सिकाइ कार्यकलापमा सहभागी गराउँदै एक वर्षका लागि पाठ्यक्रम संकुचन गरिएको केन्द्रले जानकारी दियो ।

शैक्षिक वर्ष सुरु हुनुपर्ने अवधिमा हुन नसक्दा पाठ्यक्रमले तोकेका सिकाइ उपलब्धि पूरा गर्न र निर्धारित कार्यघण्टा बराबरका शिक्षणसिकाइका लागि समय व्यवस्थापन गर्न पनि कठिनाइ सिर्जना भएका कारण मात्र पाठ्यक्रम संकुचन गरिएको हो ।

पाठ्यक्रमका पाठ्यवस्तुुलाई एकीकरण, प्राथमिकीकरण, समूहीकरण र न्यूनीकरण गरी वैकल्पिक माध्यमले विद्यार्थीमा न्यूनतम सिकाइ उपलब्धि हारिल गराउने उद्देश्यले शिक्षकलाई सहजीकरण गर्न पाठ्यवस्तुु समायोजन ढाँचा, २०७७ विकास गरिएको निर्देशक भट्टराईले जानकारी दिए ।

समायोजन ढाँचा अनुसार पाठ्यवस्तुु छुट्याई द्रुत सिकाइका माध्यमले छोटो अवधिमा पनि न्यूनतम सिकाइ उपलब्धि हासिल गर्न एक वर्षका लागि मात्र पाठ्यवस्तुु निर्धारण गरी सिकाइका पुनरावलोकन, आधारभूत र सुदृढ मोड्युल बनाई सिकाइ सहजीकरण गर्न स्थानीय तहको शिक्षा हेर्ने अधिकारीको संयोजकत्वमा प्रधानाध्यापक, विषय शिक्षक र स्थानीय विज्ञका समितिले परिवेशजन्य सिकाइका लागि योजना बनाउने, सिकाइलाई निरन्तरता दिने र विद्यार्थीको सिकाइ उपलब्धिको मूल्याङ्कन गर्ने कार्य निर्धारण गरिएको हो ।

यस्तो कार्ययोजना बनाउँदा प्रत्येक विषयमा शिक्षकको सहजीकरण आवश्यक पर्ने भनी निर्धारण गरिएका पाठ्यवस्तुुको सहजीकरण स्थानीय सुविधाअनुसार गृह शिक्षा वा घरैमा बसेर गरिने सिकाइ, रेडियो पाठशाला, टेलिभिजन शिक्षण र भर्चुअल कक्षाका माध्यमबाट सम्पन्न गर्नु पर्ने केन्द्रले जानकारी दियो ।

शिक्षकको निर्देशनमा अभिभावकको सहयोगमा सिक्न सकिने वा स्वसिकाइ गर्न सकिने भनिएका पाठ्यवस्तुुको सिकाइका लागि विद्यार्थीको स्तर र कक्षाअनुसार सिकाइ सामग्री प्रदान गर्ने, घरमा गएर सिकाउने, अभिभाावकसँग सल्लाह गरी सिक्न प्रेरित गर्ने, माथिल्ला कक्षाका विद्यार्थी परिचालन गर्ने, स्थानीय विज्ञसँग सहयोग माग्ने, विद्यार्थीलाई परियोजना कार्य दिन, रेडियो, टिभी सुनेर वा हेरेर गर्ने खालका गृहकार्य दिने, पुस्तक अध्ययन गरी नबुझेका कुरा स्पष्ट पार्ने, पुस्तकालय र सामाजिक सञ्जाल प्रयोग गर्ने आदि तरिका अपनाउनु पर्ने निर्देशक भट्टराईले बताए ।