A Levels MA

धमाधम नयाँ विद्यार्थी भर्ना गर्दै सामुदायिक विद्यालय, अधिकांश निजीका विद्यार्थीले फारम भरे

काठमाडौका अधिकांश सामुदायिक विद्यालयले नयाँ भर्नाका अनलाइनबाट लिन सुरु गरेका छन् । विद्यालयले आफ्नो सामाजिक सञ्जाल मार्फत् भर्नाका लागि आवश्यक प्रक्रिया सुरु गरिसकेका छन भने केही विद्यालयले प्रवेश परीक्षा समेत सञ्चालन गरिसकेका छन् ।

सरकारले असार एक गतेदेखि नयाँ शैक्षिक सत्रको लागि भर्ना लगायतका सम्पूर्ण कार्यक्रम सुरु गर्ने निर्देशन दिएको भएपनि अधिकांश विद्यालयले जेठको अन्तिम साताबाटै विद्यार्थी भर्ना सुरु गरेका हुन्।

काठमाडौें वडा नं. ४ स्थित पन्चकन्या आधारभूत विद्यालयले अनलाइन मार्फत नयाँ विद्यार्थी भर्नाका लागि आवेदन खुला गरेको छ । कक्षा आठसम्म पठनपाठन हुने सो विद्यालयले अनलाइन मार्फत नै आवेदन फर्म खुला गरेको विद्यालयले जनाएको छ । सो विद्यालयले भर्नाका लागि आफ्नो फेसबुक पेजमा भर्नाका लागि आवेदन खुला गराएको जानकारी गराएको छ ।

फोटोः विद्यालयको फेसबुकबाट

त्यस्तै काठमाडौंको पुतली सडक स्थित पद्योदय माध्यमिक विद्यालयले नर्सरी देखि कक्षा ९ सम्म नयाँ भर्नाका लागि आवेदन खुला गराएको छ । पद्योदयमा अधिकांश निजी विद्यालयमा अध्ययनरत नयाँ विद्यार्थीले भर्नाका लागि आवेदन फर्म भरिररहेको प्रधानाध्यापक नारायणप्रसाद गौतमले बताए । ‘विद्यालयले २७ गतेदेखि अनलाइन मार्फत भर्ना आवेदन खुलाएको हो ।’ उनले भने, ‘यो वर्ष विगतको तुलनामा अधिकांश निजी विद्यालयमा अध्ययरत विद्यार्थीले आवेदन फर्म भरेका छन् ।’

फोटोः विद्यालयको फेसबुकबाट

कतिपय विद्यालयले विद्यालयमा भौतिक दुरी कायम गरेर भर्ना लिन थालेका छन् भने कतिपय विद्यालयले गुगल प्रश्नपत्र बनाएर जेठ २७ गतेदेखि नयाँ भर्नाको लागि प्रवेश परीक्षा लिने तयारीमा जुटेको प्रधानाध्यापकहरुले बताएका छन्।

बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयले अनलाइनबाटै कक्षा १ देखि ९ सम्मको विद्यार्थीको प्रवेश परीक्षा सम्पन्न गरिसकेको छ । सो विद्यालयले विहान ६ बजेदेखि साँझ साढे चार बजेसम्म भर्नाको लागि समय तोकेर भर्ना भर्ना लिएको छ । विद्यालयले धमाधम विद्यार्थी भर्ना गरिरहेको छ ।

विद्यालयले अहिलेसम्म कक्षा १ देखि ९ सम्मका ४सय भन्दा बढी विद्यार्थी भर्ना गरिसकेको छ । विद्यालयले नयाँ विद्यार्थीका लागि अनलाइन्बाटै प्रवेश परीक्षा सञ्चालन लिएको जानकारी दियो ।

अधिकांश विद्यालयले नयाँ भर्नाका लागि अनलाइनबाटै बहुबैकल्पिक प्रश्न, भर्चुअल कुराकानी मार्फत भर्ना लिँर्द आएका छन् ।सोही आधारमा विद्यालयले नयाँ भर्नाको लागि विद्यार्थी छनोट गर्दै आएका छन् ।

यसैगरी कपनस्थित बालउद्दार माविले पनि विद्यार्थी भर्ना लिने काम सम्पन्न गरिसकेको छ। काठमाडौंकै कालिमाटीस्थित निलबाराही मावि र जनप्रभात माविले तीन दिन अघिदेखि नै नयाँ विद्यार्थी भर्नाको लागि तयारी थालिसकेको जानकारी दिए ।

‘विभिन्न चुनौतीका बाबजुद विद्यालयले सरकारको असार एक गतेदेखि नयाँ कक्षा सुरु गर्ने निर्देशनलाई अनुसरण गर्दै अनलाइनबाट धमाधम नयाँ विद्यार्थी भर्ना गरिरहेका छन् । विद्यार्थी भर्नाका लागि सम्बन्धित विद्यालयका शिक्षकले गुगल प्रश्नपत्र निर्माण गरी देशका जुनसुकै स्थानबाट पनि नयाँ विद्यार्थी भर्ना लिने बाटो खुला गरेका छन् ।

अधिकांश विद्यालयले इन्टरनेटको पहुँच नभएका विद्यार्थीलाई विद्यालयमा नै भौतिकदुरी तथा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी विद्यालयमै भर्ना लिने भएका छन् ।

जनप्रभात माविले जेठ २७ गतेदेखि नयाँ भर्नाको लागि प्रवेश परीक्षा लिन सुरु गरिसकेको छ । सामुदायिक विद्यालयहरुको पर्याप्त भौतिक पूर्वाधार, तालिम प्राप्त दक्ष शिक्षक र गुणस्तरीय शिक्षाको कारण पछिल्लो समय विद्यार्थी अभिभावकको आकर्षणको केन्द्र सामुदायिक विद्यालय बन्दै आएको हुँदा निर्धारित समय अगावै विद्यालयले नयाँ विद्यार्थी भर्नाका लागि आवश्यक प्रक्रिया बढाएको प्रधानाध्यापक सत्येन्द्रलाल कर्णले बताए । विद्यालयले सफ्टवेयर निर्माण गरी र गुगल प्रश्नबाटै प्रवेश परीक्षा लिँदै आएको छ । आगामी शैक्षिक सत्रका लागिविद्यालयले एक हजार विद्यार्थी भर्ना लिने लक्ष्य लिएको छ। कक्षा १२ सम्म पढाइ हुने सो विद्यालयमा हाल ६ सय १८ विद्यार्थीहरु छन्।

निलबाराही माविमा भौतिक पूर्वाधारको अभावका कारण यो वर्ष नयाँ ५०० विद्यार्थी मात्र भर्ना लिने प्रधानाध्यापक डा. जानुका नेपालले जानकारी दिइने , ‘विद्यालयले कक्षा तीनसम्मका विद्यार्थीलाई अनलाइनबाटै साधारण नाम, बुवाआमाको नाम लेख्न लगाएर भर्ना लिन्छ ।’ प्रधानाध्यापक नेपालले भनिन् ‘त्यसभन्दा माथिलो तहका विद्यार्थीको हकमा अनलाइन प्रवेश परीक्षा नै सञ्चालन गर्छौं।’ हाल सो विद्यालयम कक्षा १२ सम्म १२ सय विद्यार्थी अध्ययनरत छन्।

Thuprai - Books and E-books