After SEE Portal

निमाविको लाइसेन्स परीक्षामा दुई लाख बढी परीक्षार्थी सहभागी हुँदै

Bridge Course

तीन दिन पछि सञ्चालन हुने निम्न माध्यामिक तह अध्यापन अनुमति पत्र ( लाइसेन्स) को परीक्षामा दुई लाख ३ हजार १३१ जना सहभागी हुने भएकाछन् ।

सातै प्रदेशका २४ ओटा जिल्लाका ७ सय ९२ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गर्दैछ । परीक्षाको सम्पूर्ण तयारी सकिएको  शिक्षक सेवा आयोगले जानकारी दियो ।

माविको लाइसेन्स भदौ दोस्रो हप्तादेखि प्रदान गरिने

आयोगले माध्यमिक तहकोलाइसेन्स आगामी भदौको दोस्रो हप्ताबाट वितरण गर्ने  भएको छ । आयोगले अहिले धमाधम लाइसेन्स छापिरहेको जानकारी दियो ।  आयोगले असार १८ गते  सञ्चालन गरेको परीक्षाको गत  साउन ३ गते  नतिजा सार्वजनिक गरेको थियो ।

आयोगले नतिजा सार्वजनिक भएको १५ दिनभित्र नतिजा सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । माध्यमिक तह अध्यापन अनुमति पत्रको विवरण सच्चाउने समय अबधि सकिए र र लाइसेन्स छपाउने काम संगसंगै भइरहेको हुनाले आन्तरिक व्यवस्थापन गरी वितरण गरिने आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए । छपाई कार्य समाप्त भएपछि आन्तरीक व्यवस्थापन गरी परीक्षा केन्द्र रहेकै जिल्लाबाट वितरण गर्ने तयारी गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books