After SEE Portal

एक महिनामा १३ हजारभन्दा बढीले लिए नो अब्जेक्सन लेटर

Bridge Course

माघको तुलनामा फागुनमा झण्डै दोब्बरले नो अब्जेक्सन लेटर(एनओसी) लिएका छन् । सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार फागुनमा १३ हजार ९४५ जनाले नो अब्जेक्सन लेटर लिएका छन् । जबकी माघमा यो लिनेको सङ्ख्या सात हजार ६१८ थियो ।

शाखाका प्रमुख बासुदेव वस्तीले जापानमा भाषा अध्ययनका लागि खुला भएकाले फागुनमा नो अब्जेक्सन लेटर लिनेहरुको सङ्ख्या वृद्धि भएको बताए । 

माघ महिनामा जापानका लागि १५८ जनाले नो अब्जेक्सन लेटर लिएकोमा फागुनमा आठ हजार ९१ जनाले लिएका छन् ।

“फेब्रुअरी–मार्चमा भाषा शिक्षाका लागि जापानले खुला गरेको छ । त्यसैले त्यहाँ जान चाहने विद्यार्थीको भीड देखिएको हो” उनले भने ।

फागुनमा शनिबारबाहेक पाँच दिन विभिन्न सार्वजनिक बिदा भए । त्यति हुँदा पनि यतिका विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका छन् । गत महिना दैनिक सरदर सात सयदेखि आठ सय जनाले नो अब्जेक्सन लेटर लिएका थिए ।

गत फागुनमा ३४ वटा देशका लागि नो अब्जेक्सन लेटर जारी भएको थियो । २५ हजार १५२ जनाले आवेदन दिएका थिए । गत महिना नो अब्जेक्सन लेटरबाट दुई करोड ८९ लाख ४२ हजार रुपियाँ राजस्व आर्जन भएको थियो । 

फागुनमा अष्ट्रेलियाका लागि दुई हजार ६१० जनाले र क्यानडाका लागि एक हजार ६६० जनाले नो अब्जेक्सन लेटर लिएका थिए । 

माघमा अष्ट्रेलियाका लागि तीन हजार ५१७ जना र क्यानडाका लागि दुई हजार २४८ जनाले नो अब्जेक्सन लेटर लिएका थिए । सो महिना ३६ देशका लागि यस्तो लेटर जारी भएको थियो ।

शाखाले आज चैत २ गते एक हजार सात जनालाई नो अब्जेक्सन लेटर उपलब्ध गराएको छ ।  

A Levels MA
Thuprai - Books and E-books