After SEE Portal

त्रिविका एक सयभन्दा बढी क्याम्पस नवीकरण भएनन्

Bridge Course

त्रिभुवन विश्विविद्यालयका २०४ कलेज अहिलेसम्म नवीकरण भएका छैनन् । आंगिक ६२ वटा र इन्जिनियरिङ तथा चिकित्सा शिक्षाका ४० बाहेक ८१८ ओटा क्याम्पसमात्र नवीकरण भएको त्रिविले जानकारी दियो ।

त्रिविले पटक पटक सूचना जारी गर्दा पनि क्याम्पसले नवीकरण हुन नचाहेपछि त्रिवि छानविन गर्ने सोचमा गएको छ । विद्यार्थी भर्ना नभएका तथा नवीकरण नभएका क्याम्पस खारेजीमा पर्ने विश्वविद्यालयले जानकारी दियो ।

 विश्वविद्यालयले पटक–पटक नवीकरणका लागि आग्रह गर्दासमेत एक सयभन्दा बढी क्याम्पस सम्पर्कमा नआएपछि त्रिविले सम्बन्धन खारेज गर्ने तयारी गरेको उच्च स्रोतले जानकारी दियो ।

केही क्याम्पसले नक्कली विद्यार्थी देखाए। विश्वविद्यालय अनुदान आयोगबाट बर्सेनि अनुदान लिँदै आएकोसमेत त्रिविका एक पदाधिकारीले बताए । केही वर्ष यता त्रिविका ९ संकायका ९८७ क्याम्पस र चिकित्सा शिक्षा, इन्जिनियरिङ, सहित ४ ओटा अध्ययन संस्थानका विद्यार्थीमात्र परीक्षामा सामेल हुँदै आएका छन् ।

नवीकरण भएका क्याम्पस यहाँ हेर्नुहोस्ः

A Levels MA
Thuprai - Books and E-books