A Levels MA

साहित्यभन्दा कोर्षका किताब साट्न आउनेको सङ्ख्या बढी

सस्तो र जहाँतहीँ नपाइने पुस्तक ‘सेकेण्ड ह्याण्ड’ पसलमा पाइने आम मानिसको सोचाइ छ । पसलमा पुस्तक प्रशस्तै भए पनि पहिलाको जस्तो पाठक किताब खोज्ने नआउने भृकुटीमण्डपस्थित पपुलर सेकेण्ड ह्याण्ड बुक सपका सञ्चालक नारायणप्रसाद सापकोटा बताउछन् । आफ्नो पसलमा सस्तोमा किताब पाउने आशाले पाठक आउने उनको तर्क छ ।

पच्चीस वर्षदेखि पुस्तक पसल सञ्चालन गर्दै आएका सापकोटाले सबैभन्दा धेरै विद्यार्थी कोर्षका किताब खोज्न आउने बताए । “सबैभन्दा हाम्रोमा आउने विद्यार्थी नै हुन् भन्दा फरक पर्दैन्, कोर्षका किताब धेरै खोज्छन्, डिमान्ड हुन्छन्, तर कोर्ष परिवर्तन हुँदा भने समस्या पर्छ, उनले भने।

कोर्षका बुक खोज्न नियमित जस्तै विद्यार्थी आउने भए पनि साहित्यमा रुचि भएका पाठक नियमित नआउने र आवश्कता परेमात्र आउने उनको भनाइ छ ।

बजारमा उपलब्ध भएका धेरैजसो किताब आफूले पसलमा राखेको भए पनि लामो समय नबिक्दा भने सास्ती भोग्नपर्ने उनको गुनासो छ । उनले भने, “पानी र मुसाबाट किताब जोगाउँनै गाह्रो हुन्छ, त्यसै पनि सेकेण्ड ह्याण्ड ल्याएका हुन्छौं कुनै किताब त झन धेरै समय राख्नुपर्ने हुन्छ ।”

पहिला समय बिताउने माध्यम किताब मात्र थियो तर अहिले धेरै मिडिया र प्रविधि आएका छन् । पाठकको अध्ययन गर्ने चाहनामा कमी नआएको उन दाबी छ ।

“अहिले धेरै माध्यम छन, कामको व्यस्ताले मात्रै पुस्तक पढ्ने कम भएका हुन”, उनले भने । सापकोटाले ४० प्रतिशतमा पुस्तक आफूले खरिद गरी ल्याएर ५० प्रतिशतमा बिक्री गर्दै आएका छन्

 विद्यार्थीबाहेक कसैको घरबाट पनि पुस्तक जम्मा गर्ने उनले सुनाए । उनका अनुसार आजभोलि कोर्षबाहेक किशोरकिशोरीले अन्तर्राष्ट्रिय लेखकका पुस्तक खोज्ने गर्छन् । उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ आउने र सकिएपछि विदेश जाने त कोही घर फर्कनेले पुस्तक दिन ल्याउने उनले स्पष्ट पारे ।

“कसैको किताब निःशुल्क भने लिदैनौँ”, उनले भने । उहाँका अनुसार बिक्री नभएका किताब कवाडीलाई दिइन्छ । प्रत्येक महिनाको रु १० हजार पसलको भाडा तिर्दै आएका सापकोटाले लामो समयसम्म किताब बिक्री नहुँदा भने समस्या हुने बताए ।

अन्य व्यवसायको जस्तो पुस्तकको सधैँ एकनासले व्यापार नहुने उनी बताउछन्। उनका अनुसार कलेज÷विद्यालयको भर्नाको समयमा भने अलि बढी व्यापार बढी हुने गर्छ । अहिले पुस्तकको व्यापारको अवस्था राम्रो नभएको इन्टरनेसनल सेकेण्ड ह्याण्ड पसल सञ्चालिका महालक्ष्मी चालिसेको गुनासो छ । “कोभिड महामारी पछाडी पुस्तकको बिक्री खासै बढ्न सकेको छैन”, उनले भने । कलेजकै किताब धेरै बिक्री हुने भन्दै उनले पाठ्यक्रम परिवर्तन हुँदा भने बिक्री गर्न अफ्ठेरो हुने बताए । चालिसेले भने, “बर्सेनि कोर्षका किताबका पाठ्यक्रम परिवर्तन गरिदिने या एक÷दुई विषयबस्तु हटाइदिने भएकाले विद्यार्थीले नयाँ बुक खोज्छन् ।”

उनले बिक्री नभएका किताब कहिले पुस्तकालयलाई त कहिले कवाडीलाई दिने गछन् । “कोर्षका पुस्तक खोज्न आउनेको तुलनामा साहित्यिक पुस्तक खोज्नेको सङ्ख्या थोरै हुन्छ, पुराना किताब नखोज्ने तर नयाँ–नयाँ उपन्यास र नोबेल पुरस्कार पाएका पुस्तक भने धेरै खोज्न आउँछन्”, सापकोटाले भने, “साहित्यिक पुस्तक साट्न आउनेको सङ्ख्या न्यून हुन्छ, साट्ने भनेको कोर्षका पुस्तक मात्रै हुन ।”

आजभोलि पुस्तक किनेर पढ्नेको सङ्ख्या कम भएको महसुस भइरहेको उनले बताए । अनलाइनबाट नै अध्ययन गर्न सकिने र मानिसको बढ्दो व्यस्तताले गर्दा पढ्नेको सङ्ख्या कम भएको उनको भनाइ छ । उनका अनुसार पछिल्लो समय पाठकले नेपालमा भन्दा विदेशमा प्रकाशन भएका पुस्तक पढ्न खोज्ने गर्छन् ।

बिएसी दोस्रो वर्षमा अध्ययनरत रवीना रिजालले सस्तो र आफ्नो क्षमताअनुसारको किताब पाइने हुनाले सधैँ सेकेण्ड ह्याण्ड किताब पसलमा आउने गरेको सुनाए । उनले भने, “आज हामी विज्ञान विषयको प्राणीशास्त्रको किताब लिन आएका हौँ ।”

Thuprai - Books and E-books