CMAT

चिकित्सा दर्ता प्रमाणपत्र परीक्षामा आधाभन्दा कम उत्तीर्ण

Bachelors Portal

काठमाडौँ, २२ मङ्सिर (रासस) ः नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सा दर्ता प्रमाणपत्र परीक्षामा ४४ दशमलव ५६ प्रतिशत परीक्षार्थीमात्र उत्तीर्ण भएका छन् । 

काउन्सिलले आज लिएको दर्ता प्रमाणपत्र परीक्षामा एमबिबिएसतर्फ सहभागी भएका एक हजार ३११ मध्ये ५९८ र बिडिएसतर्फ सहभागी भएका १८६ मध्ये ६९ मात्र उत्तीर्ण भएको हो । 

विश्वविद्यालयबाट एमबिबिएस र बिडिएस तहको अध्ययन पूरा गरेपछि चिकित्सा दर्ता प्रमाणपत्र लिन अनिवार्य रुपमा काउन्सिलले लिने परीक्षा उत्तीर्ण हुनुपर्छ । 

Thuprai - Books and E-books
I Tech store