After SEE Portal

१२ वर्षदेखि १७ वर्षका विद्यार्थीलाई मोडर्ना खोप आजदेखि लगाइने

Bridge Course

सरकारले आजदेखि ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा आजदेखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको हो । मन्त्रालयका प्रवक्ता डा सङ्गीता मिश्राका अनुसार प्रदेश नं १ को ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुरमा यो खोप लगाउने भएको हो ।

त्यसैगरी, प्रदेश नं २ को सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लास्थित विद्यालयका विद्यार्थीलाई खोप लगाइने भएको छ ।

यस्तै खोप लगाउनेमा बागमती प्रदेशको नुवाकोट, रामेछाप, दोलखा, सिन्धुपाञ्चोक, रसुवा, धादिङ, र मकवानपुर जिल्लामा लगाइने भएको छ । त्यस्तैगरी, गण्डकी प्रदेशको गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत, लुम्बनी प्रदेशको रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया रहेका छन् ।

त्यस्तै कर्णाली प्रदेशका रुकुमपश्चिम, मुगु, हुम्ला, जुम्ला, कालीकोट, डोल्पा, दैलेख, जाजरकोट, र सल्यान तथा सुदूरपश्चिमका बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर जिल्लाका सो उमेर समूहका विद्यार्थीलाई खोप लगाउने भएका छन् । ती जिल्लाका विद्यार्थीलाई दोस्रो मात्रा भने माघ २ देखि १२ गतेसम्म लगाइने मन्त्रालयले जानकारी दियो ।

A Levels MA