After SEE Portal

‘रमाइलो पढाइ’ मोबाइल एप सञ्चालनमा (प्रयोग विधि सहित)

Bridge Course

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गत कक्षा १ देखि ३ सम्मका बालबालिकालाई लक्षित गरी ‘रमाइलो मोबाइल एप’ सञ्चालनमा ल्याएको छ ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९युएसएआइडी० को आर्थिक सहयोग र केन्द्रको संयोजकत्वमा बनाइएको सो एप हालै सञ्चालनमा ल्याएको हो ।

कोरोना भाइरसका कारण घरैमा बसेका बालबालिकाको पढाइ सिप विकासमा सहयोग पुर्याउने उद्देश्यले केन्द्रले सो एप सञ्चालनमा ल्याएको हो ।

गुगल प्ले स्टोरमा उपलब्ध सो सामग्री केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई प्रयोगमा ल्याउन आग्रह गरिसकेको केन्द्रका निर्देशक माधव प्रसाद दाहालले जानकारी दिए ।

एन्ड्रोइड मोबाइल एपमा शिक्षक तथा विद्यार्थीले सजिलै सो एप प्रयोग गर्न सक्ने निर्देशक दाहालले बताए ।

सो एपमा पाठ्यक्रम विकास केन्द्रद्वारा विकास र प्रकाशन गरिएको ५६ वटा रोचक कथा र कवितालाई नेपाली भाषामा रेकर्ड गरी तिनका चित्र पुस्तक पनि समावेश गरिएको छ ।

यसमा नेपाली भाषालगायत १० स्थानीय भाषामा रेकर्ड गरिएका विभिन्न चेतनामूलक रेडियो सन्देश तथा रेडियो कार्यक्रम पनि समाविष्ट छन् ।

रेडियो कार्यक्रम अन्तर्गत प्रारम्भिक कक्षाका शिक्षकलाई कक्षाकोठामा सहयोगी हुने शिक्षण उपायसहितका सामग्री, रेडियो नाटक र विशेष अतिथिसँगको रमाइला कथाहरू समेटिएका छन् ।

निर्देशक दाहालका अनुसार सो एपबारे स्थानीय तहका शिक्षा शाखा तथा जिल्लाभरिका सामुदायिक विद्यालयलाई जानकारी गराई प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ र प्रारम्भिक कक्षा पढाइ उपसमितिका सदस्यमार्फत दौँतरी शिक्षक र अभिभावकलाई प्रयोग विधिसहित जानकारी दिइएको छ ।

रमाइलो पढाइ एप र प्रयोग विधि जान्न यहाँ क्लिक गर्नुहोस्ः

A Levels MA