After SEE Portal

यो वर्षको एसईई वैशाखमा गर्ने मन्त्रालयको तयारी (साप्ताहिक शैक्षिक गतिविधि पुस १०–१६)

Bridge Course

यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को वैशाखमा गर्ने तयारीमा मन्त्तालय जुटेको छ । कोभिडका कारण शैक्षिकसत्र दुई महिनपछि धकेलिएकाले एसईई पनि वैशाखमा गर्ने तयारीमा मन्त्रालय जुटेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मालेका अनुसार चैतसम्म पठनपाठन गरी वैशाखमा एसईई गर्ने गरी मन्त्रालयमा छलफल भइरहेको छ । कसरी परीक्षा सञ्चालन गर्ने भन्ने विषयमा सरोकारवालाले दिएको सुझाव अनुसार चैत्रसम्म कोर्स सकेर वैशाखमा परीक्षा सञ्चालन गर्दा फरक नपर्ने सुझाव आएपछि मन्त्रालय सोही अनुसार अघि बढेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले भने यो विषयमा अहिलेसम्म छलफल नभएको जानकारी दियो । बोर्डको आइतबार बस्ने बैठकमा छलफल हुन सक्ने बोर्डको उच्च सूत्र बताउँछ । मन्त्रालयले बोर्डको अध्यक्ष महाश्रम शर्मालाई नियुक्त गरेपछि आधिकारिक रुपमा बोर्डको बैठक आगामी आइतबार मात्र बस्दै छ ।

अध्यक्ष नियुक्त हुनु अघि बोर्डमा प्रधानाध्यापकहरुसंग भएको छलफलमा चैतभर पठनपाठन गर्ने र वैशाखमा परीक्षा लिने गरी तयारी गर्नुपर्ने सुझाव दिएका थिए । बोर्ड गोप्य सूत्रका अनुसार एसईई वैशाख पहिलो सातामा सञ्चालन गर्ने तयारी भइरहेको छ ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले पटकपटक शिक्षा मन्त्रालयलाई एसईई परीक्षा खारेज गर्न निर्देशन दिएपछि शिक्षामन्त्रालय अध्यादेशबाट संघीय शिक्षा ऐन ल्याउने तयारीमा जुटेको छ । शिक्षा ऐनले एसईई खारेज गरेमा तामझामका साथ गरिएको तयारी व्यर्थ हुने बोर्डका एक सदस्यले बताए ।

अतिरिक्त शुल्क नतिर्ने चिकित्सा शिक्षाका विद्यार्थी कक्षा बाहिर

शुल्क विवादका कारण काठमाडौं मेडिकल कलेज सिनामंगल र विराटनगरको नोबेल मेडिकल कलेजले अmभै निर्वाध रुपमा कक्षा सञ्चालन गर्न सकेका छैनन् । नोवलले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएस र बीडीएसका विद्यार्थीलाई बुधबार कक्षाकोठाबाट निष्कासन गरिसकेको छ । अभिभावक तथा विद्यार्थी आन्दोलनमा छन् । यसको सुनुवाइ नभएको भन्दै आज सत्ता साझेदार दलका विद्यार्थी संगठनले उत्पन्न परिस्थितिको जिम्मेबार आफैं बन्न कलेजलाई चेतावनी दिइसकेका छन् ।

अन्य मेडिकल कलेजले मंसिर १९ गतेबाटै कक्षा सञ्चालन  गरेको भए पनि शुल्क विवादका कारण यी दुई कलेजमा शैक्षिक कार्यक्रम सुरु हुन सकेको छैन । विराटनगरस्थित नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीको पठनपाठन बुधबार देखि रोकेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले ११ पुसदेखि पठनपाठन गर्न कलेजलाई  निर्देशन दिएको भए पनि कलेजले दुई दिन पढाएर अतिरिक्त शुल्क नबुझाएको  विद्यार्थीलाई अपमानित तरिकाले कक्षाबाटै निकालेको विदार्थीले गुनासो गर्दै आएका छन् ।नोबलमा एमबीबीएसमा भर्ना भएका एक विद्यार्थीका अनुसार ११ पुसबाट कक्षा सुरु भए पनि  पुस १२ र १३मा  कलेजले सेक्युरिटी गार्ड राखेर पठनपाठन गराएको छ ।  पुस १४ पुस गते भने  अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीको पठनपाठन रोकेको थियो । 

सो कलेजमा भर्ना भएका ९६ विद्यार्थीमध्ये ९ जना भारतीय, १० जना छात्रवृतिका र ५ जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई कलेजको माथिल्लो भवनको छुट्टै कक्षामा लगेर पढाइरहेको विद्यार्थीले जानकारी दिए । नोबेलमा एबीबीएसमा भर्ना भएका विद्यार्थी र अभिभावक ५ पुसदेखि आन्दोलनमा छन् ।

कलेजले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा ४ लाख ८२ हजार अतिरिक्त शुल्क  बढी बुझाउन दबाब दिएपछि अभिभावक तथा विद्यार्थीले प्रदेश १ सामाजिक विकासमन्त्री, आन्तरिक मामिला  तथा कानुनमन्त्री देखि जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाइसकेका  छन् ।

त्यस्तै गरी चिकित्सा शिक्षा आयोगले विभिन्न विभिन्न विषयमा न्यून विद्यार्थी भर्ना भई पठनपाठन सुचारु नभएका शिक्षण संस्थाका विद्यार्थीलाई सात दिन भित्र पुनः व्यवस्थापन गरी शिक्षण संस्थागत तथा विषयगत विवरण उपलब्ध गराउन विश्वविद्याललाई निर्देशन दिएको छ ।

मध्यपश्चिम विश्वविदालय द्वारा १५ अर्वाड घोषणा

मध्यपश्चिम विश्वविद्यालयले विभिन्न विधामा योगदान पुर्याउने ४० जनालाई ‘एमयु अवार्ड’ प्रदान गर्ने भएको छ । विश्वविद्यालयले विभिन्न १५ विधामा अवार्ड प्रदान गर्ने भएको हो।

विश्वविद्यालयका उपकुलपति प्राध्यापक प्राडा नन्दबहादुर सिंहले ‘विश्वविद्यालयले इतिहासमै पहिलो पटक १५ विधामा अध्ययन, अध्यापक, अनुसन्धान, प्रकाशन र विश्वविद्यालयको समग्र समुन्नतिमा योगदान पुर्याउने उद्देश्यका साथ अवार्डको व्यवस्था गरिएको जानकारी दिए ।

१७ हजार बढी स्थायी शिक्षक छनोट हुँदै

शिक्षक सेवा आयोगले प्राथामिक, निम्न माध्यामिक र माध्यामिक तहका १७ हजार २३८ शिक्षक पदका लागि खुला प्रतियोगात्मक परीक्षाको विज्ञापन आव्हान गरेको छ।

आयोगले यो हप्ता प्राथमिक तहको विज्ञापन गरेको हो । आयोगले विगत तीन हप्ता अघिदेखि निरन्तर तीन सातामा तीन पटक सूचना जारी गरी तीनै तहमा १७ हजार २३८ शिक्षक दरबन्दी खुलाएको छ।

आयोगले १४ पुसमा प्राथामिक तहमा १३ हजार ९३ दरबन्दीका लागि विज्ञापन गरेको छ। निम्न माध्यामिक तहका लागि ७ पुसमा २ हजार ५९८ र माध्यामिक तहमा २९ मंसीरमा १ हजार ५४७ दरबन्दिका लागि विज्ञापन गरेको हो।

तीनै तहमा आवदेन दिन इच्छुक व्यक्तिलाई अनलाइन मार्फत फारम भर्न मिल्ने व्यवस्था गरेको छ।

अनलाइन फारम भर्न नेपाल राष्ट्र बैंक र वाणिज्य बैंकमा राजस्वको भौचर बुझाउने, त्यसको राजस्व महालेखा परीक्षण कार्यालयका कर्मचारीले प्रमाणित गरेपछि प्रवेशपत्र सिधै प्रिन्ट गर्न मिल्ने गरी विज्ञापन गरेको छ ।

अहिलेसम्म मावि तहमा ६ हजार बढी र निमावि तहमा पनि ६ हजारभन्दा बढीले आवेदन दिइसकेका छन् ।

२९ पुससम्म मावि तहमा, निमावि तहमा ६ माघसम्म र प्राविमा १३ माघसम्म इच्छुक व्यक्तिले फारम भर्न पाउँछन् ।

पाठ्यक्रम र नमुना प्रश्नपत्र समेत आयोगको साइटमा अपलोड गरिएको मरहठ्ठाले बताए। १५ चैतमा मावि, १७ चैतमा निमावि र १९ चैतमा प्रावि तहको परीक्षा हुनेछन्।

यो हप्ता प्रतिकुल मौसमका कारण देशको उत्तरी क्षेत्रका बालबालिको पठनपाठन प्रभावत भएको छ । मंसिर तेस्रो साताबाट हिमपात परेका कारण माथिल्लो मनाङ र नार्पाभूमि लगायतका स्थानमा वार्षिक परीक्षा अगावै विद्यालय बन्द गरिएको छ । कतै त्रैमासिक र कतै अर्धवार्षिक परीक्षा मात्रै सकिएको छ । वार्षिक परीक्षाको टुङ्गो लगाउन नपाउँदै प्रतिकूल मौसमका कारण विद्यालय बन्द गरिएको हो ।

इच्छुक परिक्षार्थीले शुरुमा एक सय नम्बरको वस्तुगत परीक्षा दिनुपर्ने हुन्छ। उक्त परीक्षामा ५० वा सोभन्दा माथि ल्याउने व्यक्ति विषयगत परीक्षामा सामेल हुन पाउने उनले बताए।

आयोगले समय समयमा विज्ञापन खुलाइरहेको मरहठ्ठाले बताए। आयोगले पछिल्लो पटक २०७५ मा विद्यालय तहमा शिक्षकका लागि विज्ञापन गरेको थियो।

जाडो बढेपछि काभ्रेको धुलिखेल नगरपालिकाले एक हप्ताका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । त्यसैगरी चिसोकै कारण वर्षासँगै चिसो बढेपछि बुटवल उपमहानगरपालिकाका सबै विद्यालय दुई दिनका लागि बन्द गरिएका छन् ।

A Levels MA
Thuprai - Books and E-books