After SEE Portal

मध्य पश्चिम विश्वविद्यालयले १५ विधामा अवार्ड प्रदान गर्ने

Bridge Course

मध्यपश्चिम विश्वविद्यालयले विभिन्न विधामा योगदान पुर्याउने ४० जनालाई ‘एमयु अवार्ड’ प्रदान गर्ने भएको छ । विश्वविद्यालयले विभिन्न १५ विधामा अवार्ड प्रदान गर्ने भएको हो।

विश्वविद्यालयका उपकुलपति प्राध्यापक प्राडा नन्दबहादुर सिंहले ‘विश्वविद्यालयले इतिहासमै पहिलो पटक १५ विधामा अध्ययन, अध्यापक, अनुसन्धान, प्रकाशन र विश्वविद्यालयको समग्र समुन्नतिमा योगदान पुर्याउने उद्देश्यका साथ अवार्डको व्यवस्था गरिएको जानकारी दिए । विश्वविद्यालयको ११ औं सभाको जानकारी दिने उद्देश्यले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उपकुलपति सिंहले विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा कर्मचारी, सुरक्षा गार्ड र अध्ययनरत विद्यार्थीलाई हौसला प्रदान गर्न यी अवार्डको घोषणा गरेका हुन् । विश्वविद्यालयले चालु आर्थिक वर्षदेखि यी अवार्ड प्रदान गर्ने घोषणा गरेको छ ।

एमयु कुलपति अवार्ड, एमयु पारदर्शिता र भ्रष्ट्राचार विरुद्धको उपकुलपति अवार्ड, एमयु ‘गेम चेन्ज’ एम्बेष्टर अवार्ड, उपकुलपति विद्यार्थी अवार्ड, उत्कृष्ट रिसर्चर अवार्ड, सङ्कायगत क्षेत्र अवार्ड लगायतका अवार्ड विश्वविद्यालयले प्रदान गर्ने उपकुलपति सिंहले जानकारी दिए।

सबैभन्दा बढी ५५ हजार राशिको एमयु कुलपति अवार्ड रहेको छ। त्यस्तै सङ्कायगत कार्यक्षमता अवार्ड ३ लाख ५० हजार राशिको रहेको छ। उक्त, रकम सम्बन्धित सङ्कायले शैक्षिक गतिविधिका लागि प्रदान गर्ने सम्मेलनमा जानकारी दिइयो ।

त्यस्तै क्याम्पस इन्स्टिच्युट र स्कुल पफर्मेन्स अवार्ड, संस्थागत स्वच्छता र सुन्दर अवार्ड, एमयु अन्तर्राष्ट्रिय प्रोफेसर अवार्ड, एमयु अन्तर्राष्ट्रिय विद्यार्थी अवार्ड, अन्तरशंकाय प्रोफेसनल अवार्ड, एमयु पङ्च्वालिटी अवार्ड, एमयु इमान्दारीता अवार्ड, खोज तथा प्रकाशन अवार्ड, उत्कृष्ट डिन अवार्ड रहेका छन् ।

उपकुलपति प्राडा नन्दबहादुर सिंहले सांसद नभई विषय विशेषज्ञलाई मन्त्री बनाउनुपर्ने धारणा व्यक्त गरे । विश्वविद्यालयको केन्द्रीय कार्यालय सुर्खेतमा आज आयोजित पत्रकार सम्मेलनमार्फत नेपालका ११ वटा विश्वविद्यालयमध्ये मध्यपश्चिम विद्यालयमा लेखा र वित्तमा विद्यावारिधि गरेको अब्बल व्यक्तिलाई रजिष्ट्रार नियुक्ति गरेको बताउँदै उपकुलपति प्राडा सिहले भने, “नेपालमा दुर्भाग्य छ, ठेकेदार हुने विज्ञानमन्त्री बन्ने, कानून पढ्ने उद्योगमन्त्री बन्ने संस्कार आज पनि छ । अब नेपालको पार्टी र सरकारले सांसदलाई मन्त्री हुने कुराबाट बन्द गर्नुपर्यो ।”नेपालका पार्टी र प्रधानमन्त्रीलाई आग्रह गर्दै उपकुलपति प्राडा सिंहले भने, “मान्नुहुन्छ भने कुनै पनि सांसदलाई मन्त्री हुने बाटो बन्द गर्नुहोस् । त्यो परम्पारलाई अन्त्य गर्नुहोस् । अब विज्ञानको विज्ञ विज्ञानमन्त्री, शिक्षाको विज्ञ शिक्षामन्त्री, उद्योग क्षेत्रको विज्ञ उद्योगमन्त्री र शहरी विकासको विज्ञ शहरी विकासमन्त्री बनाउने संस्कारको विकास गर्नुहोस् ।” 

उनले प्रधानमन्त्रीलाई उत्कृष्ट र विज्ञ व्यक्तिलाई मन्त्री बनाउन पनि अपिल गरे । विज्ञ जनशक्तिले मात्र देश बनाउन सक्ने उनको जिकिर थियो ।

A Levels MA
Thuprai - Books and E-books